जेनेभा । म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।
संस्थाले रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सन् २०१७ मा भएको अत्याचारलाई सम्झाउने जस्ता दृश्यहरूको निन्दा गर्दै केही देशले यसलाई नरसंहार नै मानेको बताएका छन् ।
म्यान्माको सेनाले रखाइन राज्यलाई नाकाबन्दी गरेको छ । यहाँ सेना हाल बहु–पक्षीय गृहयुद्धमा जातीय लडाकूहरूसँग भिडिरहेको छ । सन् २०२१ को सैन्य कूमा लोकतान्त्रिक सरकार अपदस्थ भएपछि देश गम्भीर सङ्कटमा फसेको हो ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले अराकान सेनाका विद्रोही र अन्य जातीय लडाकूहरूले ‘नागरिक जनसङ्ख्यालाई पीडाको अनन्त चक्रमा धकेल्ने उल्लङ्घनलाई लगभग पूर्ण दण्डहीनताका साथ दोहोर्याइरहेको’ चेतावनी दिए।
“भिडियो र तस्बिरहरूले मृत्यु, विनाश र हताशाको यथार्थ देखाउँछन्, जुन सन् २०१७ मा सेनाले रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि गरेको अत्याचारका दृश्यहरूसँग ठ्याक्कै मेल खान्छ”, उनले विज्ञप्तिमा भने ।
टर्कले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई स्थितिलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउन पुनः आह्वान गर्दै भने, “फेरि उही अवस्था देख्नुपर्दा मलाई गहिरो पीडा भएको छ ।”
दशकौँदेखि म्यान्मामा सताइँदै आएका प्रायः मुस्लिम रोहिङ्ग्या समुदायका लाखौँ मानिस सन् २०१७ को सैन्य दमनका क्रममा देश छोड्न बाध्य भएका थिए । यो दमन अहिले संयुक्त राष्ट्रसङ्घको नरसंहार अदालतमा विचाराधीन छ ।
– अविवेकी आक्रमण –
टर्कको कार्यालयले सन् २०२४ अप्रिलदेखि सन् २०२५ मेसम्मको अवस्थामाथि तयार पारेको प्रतिवेदनमा रखाइनमा भएको द्वन्द्वले लाखौँ मानिस विस्थापित भएको तथ्य उजागर गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार तीमध्ये करिब एक लाख ५० हजार मानिस सन् २०२३ को नोभेम्बरदेखि बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा पहिले नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।
“रोहिङ्ग्या र जातीय रखाइन समुदायका सामान्य नागरिकहरू शत्रुताको प्रत्यक्ष शिकार भएका छन्”, टर्कले भने । उनले विशेष गरी ‘नागरिक र संरक्षित वस्तुहरू विरुद्ध सेनाले अन्धाधुन्ध आक्रमण गर्ने व्यापक र योजनाबद्ध ढाँचा’ तर्फ औँल्याए ।
विश्वसनीय स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनले समेटेको १४ महिनामा द्वन्द्वका कारण एक हजार आठ सय ११ प्रमाणित नागरिकको मृत्यु भएको उल्लेख छ । तीमध्ये करिब आधा मृत्यु विद्यालयहरूमा गरिएको सेनाको हवाई आक्रमणका कारण भएको थियो ।
राज्यमा ‘जबरजस्ती विस्थापन, जबरजस्ती भर्ती, बेपत्ता पार्ने, मनमानी गिरफ्तारी, आगजनी र सम्पत्ति विनाश’ व्याप्त रहेको प्रतिवेदनले जनाएको छ । साथै, नागरिकहरूले मानवीय सहायता अस्वीकार र बारम्बार गरिने आतङ्ककारी कार्यहरूको सामना गरिरहेको पनि टर्कले उल्लेख गरे ।
प्रतिवेदनले उत्तरी रखाइनमा अराकान सेनाद्वारा गरिएका हत्या, जबरजस्ती भर्ती र जबरजस्ती विस्थापनलगायतका दुर्व्यवहारसमेत प्रकाश पारेको छ ।
यद्यपि, यसले यस वर्षको सुरुदेखि ‘रोहिङ्ग्यालाई लक्षित हिंसामा तुलनात्मक कमी आएको’ सकारात्मक पक्षसमेत औँल्याएको छ । तर, चलिरहेको सैन्य नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा भोकमरीको गम्भीर सङ्कट झन् चर्किएको छ ।
टर्कले दुर्व्यवहारका लागि जिम्मेवारलाई जवाफदेही बनाउन र मानवीय सहायता सहज बनाउन अन्तर्राष्ट्रिय प्रयासमा देशहरूलाई एकजुट हुन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: