Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भारत र चीनकाे लिपुलेक सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गरेर कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सुझाव

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा शून्य समयमा १० जना प्रदेशसभा सदस्यहरूले लिपुलेक सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गरेर कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष दुवैका सदस्यहरूले लिपुलेक, कालापानी, गुन्जी क्षेत्रमा भारतीय पक्षको गतिविधिले नेपालको सार्वभौमिकतामाथि चुनौती पर्न सक्ने उल्लेख गर्दै संघीय सरकारलाई सहयोग गर्ने गरी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गर्न माग गरे ।

बैठकमा अन्य विषयमा पनि सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। हेटौँडा–भैँसे सडकखण्डमा बाढीपहिरोका कारण यात्रु, गर्भवती महिला र बिरामीले भोग्नुपरेको समस्या समाधानका लागि स्थायी पक्की पुल बनाउन, धान खेतीका लागि आवश्यक मल हेटौँडामा मौज्दात राख्न संघीय सरकारसँग समन्वय गर्न, खानेपानी अभाव रहेका क्षेत्रमा योजना बनाएर सुविधा उपलब्ध गराउन र सबै अस्पतालमा दक्ष स्वास्थ्यकर्मी सुनिश्चित गर्न माग गरिएको थियो ।

यस्तै, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै अब देवनागरी लिपिमा नम्बर प्लेट सञ्चालनमा ल्याउनुपर्ने सुझाव पनि दिइयो । 

बैठकमा सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य मनोनयनको प्रस्ताव प्रस्तुत गरेका थिए। प्रदेश मामिला, सार्वजनिक लेखा, शिक्षा स्वास्थ्य, उद्योग–पर्यटन तथा वातावरण समितिमा नयाँ सदस्य मनोनित भई बैठकले स्वीकृत गरेको छ। सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: