Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

रुख कटान आदेश नहुँदा राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ

खबरडबली संवाददाता

म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश जारी नगरेका कारण डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सन् २०२५ नोभेम्बर १६ सम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि वन कटान आदेशमा ढिलाइ, भौगोलिक कठिनाइ र राहुघाट सबस्टेसनमा अतिरिक्त काम आवश्यक भएकाले म्याद थप्नुपर्ने अवस्था आएको आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । ठेकेदार कम्पनी लार्सन एण्ड टुयुब्रो लिमिटेडले अब सन् २०२६ अप्रिलभित्र काम सक्ने नयाँ तालिका पेस गरेको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको डबलसर्किट प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु ३ अर्ब ५७ करोडमा ठेक्का सम्झौता भएको हो ।

हालसम्म ५९ मध्ये ४५ टावर निर्माण सकिएको छ भने बाँकी चार टावरमा रुख कटान आदेश नआएकै कारण काम रोकिएको प्रमुख अग्रवालले जानकारी दिए। आयोजनाका लागि आवश्यक ८५ प्रतिशत उपकरण भित्रिसकेका छन् ।

डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधि जडान थालिएको छ भने राहुघाट सबस्टेसनमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधि जडान गर्ने काम अगाडि बढाइएको छ। यसमार्फत राहुघाट, म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजना उत्पादनलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्य राखिएको छ ।

जिल्ला डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीका अनुसार जनशक्ति अभावका कारण स्थलगत अध्ययन, प्रतिवेदन तयारी र निर्णयमा ढिलाइ भएको हो। उनले भने, “पाँच सबडिभिजनका तीन जना वन अधिकृतको टोलीले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याइसकेको छ । प्रतिवेदन पाएपछि माथिल्लो निकायबाट स्वीकृति गराएर कटान आदेश दिनेछौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रसारण लाइनमा ढिलाइ रोक्न रुख कटान आदेश शीघ्र दिन सम्बन्धित निकायलाई ताकेता गरिएको बताए । यस विषयमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले पनि प्रदेशसभामा प्रश्न उठाइसकेका छन् ।

आयोजनाको कुल लागत रु ४ अर्ब ८७ करोड अनुमान गरिएको छ। यसमध्ये रु १ अर्ब ५ करोड नेपाल विद्युत् प्राधिकरण र रु ३ अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी रहेको छ । प्रसारण लाइनका टावर रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा पर्छन् । निजी जग्गाधनीलाई रु १ करोड ५० लाख मुआब्जा र वन क्षेत्र प्रयोगबापत रु ४ करोड ५० लाख बुझाइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमल्सिनाले जानकारी दिए ।

हाल यस क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। तीमध्ये ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना परीक्षण उत्पादनमा भइसकेका छन् । अपर राहुघाट (४८.५ मेगावाट), राहुघाट (४० मेगावाट) र माथिल्लो ठूलोखोला (२३.५ मेगावाट) आयोजना अन्तिम चरणमा पुगेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: