Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मदुरोको चेतावनी: भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार

खबरडबली संवाददाता

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा उनले दिएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् ।

अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ ।

“यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुएलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ”, मदुरोले भने । उनले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गरे ।

उनले यदि अमेरिकाले आक्रमण गर्‍यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताए । यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् । अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ ।

यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समुदायमा फेन्टानिल र अन्य अवैध ड्रग्सको प्रवाह रोक्न तथा केही अमेरिकी सहरमा भइरहेको हिंसा नियन्त्रण गर्न सेनाको प्रयोग गर्न दबाब दिएका कारण यो तैनाथी गरिएको हो ।

सोमबार, भेनेजुएलाका विदेशमन्त्री यवान गिलले संयुक्त राष्ट्रसङ्घको एक रिपोर्ट उद्धृत गर्दै ल्याटिन अमेरिकी समकक्षीहरूसँग अमेरिकी नौसैनिक तैनाथी ‘गलत कथा’ मा आधारित रहेको बताए ।

उनका अनुसार, कोलम्बियामा उत्पादित करिब ८७ प्रतिशत कोकेन प्रशान्त हुँदै पठाइन्छ र जम्मा पाँच मात्र भेनेजुएला हुँदै सार्ने प्रयास हुन्छ । विश्वका शीर्ष कोकेन उत्पादकहरूमा भूपरिवेष्टित बोलिभिया र कोलम्बिया रहेका छन् । यी दुवै मुलुकले जसले प्रशान्त र क्यारेबियन दुवैमा पहुँच राख्छन् ।

“भेनेजुएलामा आक्रमण भनेको वास्तवमै सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउने कार्य हुनेछ”, गिलले यस कथाले सम्पूर्ण क्षेत्रलाई खतरामा पार्ने दाबी गर्दै भने, “हामी तुरुन्तै यो तैनाथी अन्त्य गर्न माग गर्छौं, जसको उद्देश्य सार्वभौम जनतालाई धम्क्याउनु बाहेक अरू केही होइन ।”

सो अवसरमा मदुरोले गत वर्षको राष्ट्रपतीय चुनावमा आफू वैध विजेता भएको दाबी पनि दोहो¥याए । तर, पर्याप्त प्रमाणहरूले यसको विपरीत देखाएको र यसले अमेरिकासहित धेरै देशलाई उनलाई भेनेजुएलाको राष्ट्रपतिको रूपमा मान्यता नदिन प्रेरित गरेको अन्तर्राष्ट्रिय समुदाय बताउँदै आएको छ ।

यसैबीच, जनवरीमा तेस्रो कार्यकालका लागि शपथ लिएका मदुरोले आफ्नो सरकारसँग ट्रम्प प्रशासनबीच दुई किसिमको सम्पर्क च्यानल रहेको बताए –एक विदेश मन्त्रालयमार्फत र अर्को ट्रम्पका दूत रिचर्ड ग्रेनेलमार्फत । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेनेजुएलाको सरकारलाई अपदस्थ गर्न दबाब दिने ‘मुख्य सरदार’ को संज्ञा दिए ।

सन् २०२४ जुलाईको राष्ट्रपति चुनावपछि विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायलाई मदुरोलाई पदबाट हटाउन दबाब दिन आह्वान गर्दै आएको थियो । उनले गत महिना अमेरिकी युद्धपोत तैनाथीलाई ‘सही कदम’ भन्दै ट्रम्प र रुबियोलाई धन्यवाद दिएको थियो ।

तर, मदुरोले सोमबार चेतावनी दिँदै भने, “भेनेजुएलाविरुद्ध अमेरिकी सैन्य कारबाहीले राष्ट्रपति ट्रम्पको हातलाई रगतले दागिनेछ ।” उनले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्प, शासन परिवर्तनको नीति असफल भइसकेको छ । अब तपाईंले भेनेजुएलामा परिस्थिति थोपर्ने नाटक गर्न सक्नुहुन्न ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: