Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

पत्रकारलाई भिडियो खिच्न प्रजिअको रोक, क्रसर अनुगमनमा विवाद

खबरडबली संवाददाता

मोरङ  । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले सार्वजनिक स्थलमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई भिडियो खिच्न नदिँदा विवाद उत्पन्न भएको छ।

सुन्दरहरैँचा–७ स्थित गछिया खोलामा निर्माणाधीन क्रसरसम्बन्धी विवादपछि मंगलबार गरिएको अनुगमनका क्रममा प्रजिअ यादवले भिडियो खिचिरहेका पत्रकारलाई बारम्बार “भिडियो नबनाउनु” भन्दै रोक लगाएका थिए।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई, नगर प्रमुख केदार गुरागाई, क्रसर सञ्चालक र स्थानीयवासी उपस्थित थिए। त्यही क्रममा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबर का सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ का मनोज भुजेल र पूर्वी अनलाइन का पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै प्रजिअले अवरोध गरेका हुन्।

घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले आपत्ति जनाउँदै सार्वजनिक स्थलमा जनप्रतिनिधिहरूको उपस्थितिमा भइरहेको छलफलको भिडियो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धी ऐन विपरीत भएको बताइन्। उनले राज्यका जिम्मेवार निकायमा बसेकाहरूले यस्ता कार्य दोहोर्याउन नहुने उल्लेख गरिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending