मोरङ । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले सार्वजनिक स्थलमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई भिडियो खिच्न नदिँदा विवाद उत्पन्न भएको छ।
सुन्दरहरैँचा–७ स्थित गछिया खोलामा निर्माणाधीन क्रसरसम्बन्धी विवादपछि मंगलबार गरिएको अनुगमनका क्रममा प्रजिअ यादवले भिडियो खिचिरहेका पत्रकारलाई बारम्बार “भिडियो नबनाउनु” भन्दै रोक लगाएका थिए।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई, नगर प्रमुख केदार गुरागाई, क्रसर सञ्चालक र स्थानीयवासी उपस्थित थिए। त्यही क्रममा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबर का सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ का मनोज भुजेल र पूर्वी अनलाइन का पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै प्रजिअले अवरोध गरेका हुन्।
घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले आपत्ति जनाउँदै सार्वजनिक स्थलमा जनप्रतिनिधिहरूको उपस्थितिमा भइरहेको छलफलको भिडियो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धी ऐन विपरीत भएको बताइन्। उनले राज्यका जिम्मेवार निकायमा बसेकाहरूले यस्ता कार्य दोहोर्याउन नहुने उल्लेख गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: