Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

"हामी मेटिँदैनौं!" – देवनागरी लिपि हटाउने निर्णयविरुद्ध कलाकारको जुलुस

इम्बोस्ड नम्बर प्लेट – प्राविधिक सुविधा कि सांस्कृतिक हमला?

खबरडबली संवाददाता

भैरहवा । “नेपाली लिपि मेट्न पाइँदैन! रोजगारी खोस्न पाइँदैन!” भन्दै नाराहरू गुञ्जिए भैरहवाका सडकहरूमा। कालो व्यानर बोकेका कलाकारहरूको जुलुस शान्त थियो, तर सन्देश थियो तीव्र – इम्बोस्ड नम्बर प्लेट हटाउनुपर्छ।

नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्य समिति रुपन्देहीले सरकारी निर्णयविरुद्ध सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै आवाज उठायो – “यो योजना राष्ट्रघाती छ।”

 इम्बोस्ड नम्बर प्लेट – प्राविधिक सुविधा कि सांस्कृतिक हमला?

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य बनाउने निर्णय गरेपछि देशभर बहस सुरु भएको छ। तर रुपन्देहीका कलाकारहरू यो निर्णयलाई सिर्जनात्मक रोजगारीमाथिको प्रहार र देवनागरी लिपिमाथिको हस्तक्षेप भनी हेर्छन्।

संघका अध्यक्ष दिनेशमणि कोहारले भने, “यो योजनाले १ लाखभन्दा बढी श्रमिक र कलाकारहरूलाई रोजगारीविहीन बनाउँछ। के प्रविधिको नाममा संस्कृति मेटिँदैछ?” 

उनले थपे – “नेपाली संविधानले सरकारी कामकाजमा देवनागरी लिपि अनिवार्य भनेको छ। तर इम्बोस्ड प्लेटमा अङ्ग्रेजी लिपि प्रयोग गरेर राष्ट्रिय पहिचानमाथि आघात दिइएको छ।”

ज्ञापनपत्रमा उल्लेख गरिएको छ – ६० लाखभन्दा बढी सवारीसाधनमा अहिले प्रयोग भइरहेको देवनागरी लिपिलाई हटाएर विदेशी कम्पनीहरूलाई ठेक्का दिइएको छ। यसले स्थानीय कलाकार, पेन्टर, प्रिन्ट व्यवसायी र साना उद्यमीहरूलाई सिधै प्रभावित बनाएको छ।

संघको भनाइमा —"सरकारले न वैकल्पिक रोजगारीको योजना दिएको छ, न सहुलियत। महँगो, झन्झटिलो प्रक्रिया लादेर आम नागरिकमाथि अन्याय गरिएको छ।"

“यदि सरकारले यो निर्णय तुरुन्त फिर्ता लिएन भने, हामी सडक आन्दोलन सुरु गर्छौं। यो हाम्रो संस्कृति र रोजगारीको सवाल हो”  संघले चेतावनी दिएको छ । 

उनीहरूले सार्वजनिक स्थानहरूमा कालो व्यानर टाँस्दै विरोध जनाएका छन् । ती व्यानरहरूमा लेखिएको छ: “राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्” “मौलिक देवनागरी लिपि मेट्न पाइँदैन” “प्रविधिको नाममा जनतालाई ठग्न पाइँदैन”

प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कलाकारहरूको माग न्यायोचित भएको भन्दै सम्बन्धित निकायमा माग पठाउने र निर्णय खारेज गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कलाकारहरूको मागलाई “न्यायोचित” भन्दै सम्बन्धित मन्त्रालयमा पठाउने र फिर्ता गराउन पहल गर्ने आश्वासन दिए।

कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रवि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकार दिपेन्द्र प्रधान र रामदास हरिजन लगायत रुपन्देही जिल्लाका थुप्रै कलाकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संघका अध्यक्ष कोहार, केन्द्रीय सदस्य रवि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे लगायत रुपन्देही जिल्लाका दर्जनौं कलाकारको उपस्थिति थियो। उनीहरू सबैको एउटै भनाइ थियो – “हामी प्रविधिविरोधी होइनौं। तर प्रविधिको नाममा संस्कृति मेट्न, रोजगारी खोस्न पाइँदैन।”

इम्बोस्ड नम्बर प्लेटको विषय अब केवल प्रविधि वा सुरक्षा सुविधा मात्र रहेन। यो सांस्कृतिक पहिचान, रोजगारी, र भाषा–लिपिको संरक्षणसँग जोडिएको बहस बन्दै गएको छ। रुपन्देहीका कलाकारहरूले उठाएको प्रश्न अब सरकारको टेबलमा छ – के प्रविधिको विकास सांस्कृतिक क्षयको मूल्यमा हुन्छ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending