काठमाडाैं । देशै हल्लाएको नक्कली भुटानी शरणार्थी प्रकरण अन्तत: अदालतको अन्तिम चरणमा पुगेको छ। दुई वर्षदेखि चर्चामा रहेको यो मुद्दाको अन्तिम बहस आज (भदौ १८) बाट जिल्ला अदालत, काठमाडौंमा सुरु हुँदैछ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३१ जना संलग्न भएको भनिएको यस प्रकरणमा अब अदालतले अन्तिम निर्णय दिने तयारी थालेको हो।
मुद्दाको पछिल्लो स्थिति
२ वर्षदेखि विचाराधीन यो मुद्दामा पछिल्लो समय साक्षी र बकपत्र प्रक्रिया सकिएको छ।
त्यसपछि अदालतले यसलाई साप्ताहिक पेशी सूचीमा राख्दै अन्तिम सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।
रायमाझीका कानुन व्यवसायीका अनुसार, “यदि कुनै अप्रत्याशित कारण आएन भने अब निरन्तर बहस चल्ने र चाँडै टुंगो लाग्ने सम्भावना छ।”
कस–कसलाई के अभियोग?
२०७९ सालदेखि सुरु भएको अनुसन्धानपछि, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पछि थपिएका अभियुक्तहरू मिलाएर हाल ३१ जना प्रतिवादी छन्।
मुख्य आरोपितहरूमा छन्: एमाले नेता टोपबहादुर रायमाझी (हाल थुनामा), • कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण (धरौटीमा छुटेका), तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी, थापाका छोरा प्रतीक थापा, यिनीसहित सरकारी अनुसन्धानका अनुसार, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा उनीहरूको सक्रिय संलग्नता देखिएको छ।
पूरक मुद्दा र मिलाएर सुनुवाइ
सुरुमा गजेन्द्र बुढाथोकीको जाहेरीका आधारमा मुद्दा दायर भयो। पछि दाफुरी शेर्पा र बेचन झाका जाहेरीपछि थप पूरक मुद्दाहरू दायर भए। हाल सबै मुद्दालाई एउटै फाइलमा समेटी अदालतमा सुनुवाइ भइरहेको छ।
बिचौलिया र नेटवर्क
प्रहरी अनुसन्धानका अनुसार, शरणार्थी प्रकरणमा सञ्जाल जालोझैँ फैलिएको थियो । बिचौलिया, योजनाकार र सहयोगीको सूचीमा समेटिएका अरु थुप्रै नामहरू रहकेा छन् । जसमा केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जन, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत रहेका छन् ।
यी सबैमाथि अमेरिका लैजाने आश देखाएर ठगी गर्ने, कागजात किर्ते गर्ने, र संगठित अपराधमा संलग्न भएको आरोप छ।
अब के हुन्छ?
यो मुद्दा पछिल्लो १६ महिनामा १६ पूरक पेशी र १० पटक साप्ताहिक पेशीमा परेपछि अन्ततः अन्तिम बहसमा प्रवेश गरेको हो। अदालतले अब सबै पक्षको अन्तिम बहसपछि फैसला सुनाउने तयारी गरेको छ।
देशकै उच्च तहसम्म जोडिएको यो मुद्दा केवल न्यायिक मात्र होइन, राजनीतिक र नैतिक रूपमा पनि गम्भीर परीक्षणको घडी बनेको छ।
अब अदालतको फैसला न्याय, विधिको शासन र राजनीतिक जवाफदेहिताको प्रतीक बन्नेछ कि फेरि अन्योलको अर्को अध्याय सुरु हुनेछ – त्यो हेर्न बाँकी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...
माघ ३ गते, २०८२ - १८:०९
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...
माघ ३ गते, २०८२ - १८:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...




प्रतिकृया लेख्नुहोस्: