Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नक्कली भुटानी शरणार्थी काण्ड : आजदेखि अन्तिम सुनुवाइ सुरू

३१ प्रतिवादीको भाग्य अब अदालतको हातमा

खबरडबली संवाददाता

काठमाडाैं । देशै हल्लाएको नक्कली भुटानी शरणार्थी प्रकरण अन्तत: अदालतको अन्तिम चरणमा पुगेको छ। दुई वर्षदेखि चर्चामा रहेको यो मुद्दाको अन्तिम बहस आज (भदौ १८) बाट जिल्ला अदालत, काठमाडौंमा सुरु हुँदैछ। 

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३१ जना संलग्न भएको भनिएको यस प्रकरणमा अब अदालतले अन्तिम निर्णय दिने तयारी थालेको हो।

मुद्दाको पछिल्लो स्थिति

२ वर्षदेखि विचाराधीन यो मुद्दामा पछिल्लो समय साक्षी र बकपत्र प्रक्रिया सकिएको छ।
त्यसपछि अदालतले यसलाई साप्ताहिक पेशी सूचीमा राख्दै अन्तिम सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

रायमाझीका कानुन व्यवसायीका अनुसार, “यदि कुनै अप्रत्याशित कारण आएन भने अब निरन्तर बहस चल्ने र चाँडै टुंगो लाग्ने सम्भावना छ।”

कस–कसलाई के अभियोग?

२०७९ सालदेखि सुरु भएको अनुसन्धानपछि, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पछि थपिएका अभियुक्तहरू मिलाएर हाल ३१ जना प्रतिवादी छन्।

मुख्य आरोपितहरूमा छन्:  एमाले नेता टोपबहादुर रायमाझी (हाल थुनामा), • कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण (धरौटीमा छुटेका),  तत्कालीन गृहसचिव टेकनारायण पाण्डे,  पूर्व सांसद आङटावा शेर्पा,  पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  रायमाझीका छोरा सन्दीप रायमाझी, थापाका छोरा प्रतीक थापा, यिनीसहित सरकारी अनुसन्धानका अनुसार, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा उनीहरूको सक्रिय संलग्नता देखिएको छ।

पूरक मुद्दा र मिलाएर सुनुवाइ

सुरुमा गजेन्द्र बुढाथोकीको जाहेरीका आधारमा मुद्दा दायर भयो।  पछि दाफुरी शेर्पा र बेचन झाका जाहेरीपछि थप पूरक मुद्दाहरू दायर भए।  हाल सबै मुद्दालाई एउटै फाइलमा समेटी अदालतमा सुनुवाइ भइरहेको छ।

बिचौलिया र नेटवर्क

प्रहरी अनुसन्धानका अनुसार, शरणार्थी प्रकरणमा सञ्जाल जालोझैँ फैलिएको थियो । बिचौलिया, योजनाकार र सहयोगीको सूचीमा समेटिएका अरु थुप्रै नामहरू रहकेा छन् । जसमा केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जन,  भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत रहेका छन् । 

यी सबैमाथि अमेरिका लैजाने आश देखाएर ठगी गर्ने, कागजात किर्ते गर्ने, र संगठित अपराधमा संलग्न भएको आरोप छ।

अब के हुन्छ?

यो मुद्दा पछिल्लो १६ महिनामा १६ पूरक पेशी र १० पटक साप्ताहिक पेशीमा परेपछि अन्ततः अन्तिम बहसमा प्रवेश गरेको हो। अदालतले अब सबै पक्षको अन्तिम बहसपछि फैसला सुनाउने तयारी गरेको छ।

देशकै उच्च तहसम्म जोडिएको यो मुद्दा केवल न्यायिक मात्र होइन, राजनीतिक र नैतिक रूपमा पनि गम्भीर परीक्षणको घडी बनेको छ।

अब अदालतको फैसला न्याय, विधिको शासन र राजनीतिक जवाफदेहिताको प्रतीक बन्नेछ कि फेरि अन्योलको अर्को अध्याय सुरु हुनेछ – त्यो हेर्न बाँकी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending