Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती

खबरडबली संवाददाता

किएभ । रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेपछि मुख्यतया देशको पश्चिमी भागमा विद्युत आपूर्ति ठप्प भएको युक्रेनी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

किएभमा एएफपीका पत्रकारले आक्रमणका क्रममा राजधानी र हवाई रक्षा प्रणालीमाथि विस्फोट सुनेका थिए । यो आक्रमण भ्लादिमिर पुटिनको चीन भ्रमणको समयमा भएको थियो । युक्रेनी अधिकारीका अनुसार बेलायतका रक्षामन्त्री जोन हेली सुरक्षा सहयोगबारे वार्ताका लागि युक्रेन आइपुगेको समयमा पनि आक्रमण जारी रह्यो ।

उत्तरी चेर्निगिभ क्षेत्रका प्रमुख भाचेस्लाभ चौसले भने, “नागरिक पूर्वाधारमा ड्रोन आक्रमणपछि ३० हजार मानिस बिजुलीविहीन भएका छन् ।” युक्रेनको वायु सेनाले मस्कोले पाँच सय दुई ड्रोन र २४ मिसाइल प्रहार गरेको जनाएको छ । देशको पश्चिममा क्षेत्रीय अधिकारीले धेरै मानिस घाइते भएको र आवासीय घर तथा नागरिक पूर्वाधार क्षतिग्रस्त भएको जानकारी दिएका छन् ।

“१४ स्थानमा तीन वटा मिसाइल र ६९ वटा स्ट्राइक ड्रोन प्रहार गरियो र खसालिएका प्रोजेक्टाइलको भग्नावशेष १४ स्थानमा खस्यो”, वायुसेनाले भनेको छ । किरोभोग्राड क्षेत्रका अधिकारीले आक्रमणमा चार जना रेलवे कर्मचारी घाइते भएको र दर्जनौँ आवासीय भवन क्षतिग्रस्त भएको बताए । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि देशमा लगातार रात्रिकालीन ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ, जसले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा घातक द्वन्द्व निम्त्याएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending