खार्तुम । सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ । डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन गाउँ पुरिँदा गाउँका झण्डै सम्पूर्ण परिवारका सदस्य सम्पर्कबिहीन बनेको प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त क्षेत्रको नियन्त्रणमा रहेको सुडान मुक्ति सेना (एसएलएम) अन्तर्गतका अब्दुलवाहिद अल-नुर पक्षले बुधबार यो जानकारी दिएको हो । समूहका प्रवक्ता मोहम्मद अब्देलरहमान अल–नायरका अनुसार, “हिजो (मङ्गलबार) सम्म १०० वटा शव निकालिएका छन्, उद्धार कार्य अझै जारी छ, यद्यपि स्रोतसाधन सीमित छन् ।” समूहद्वारा सार्वजनिक गरिएको भिडियोमा स्थानीय स्वयंसेवक हिलो र ढुङ्गामाटो हटाउँदै नाङ्गा हातले शव फेला पारिरहेको देखिएको छ ।
प्रारम्भिक अनुमान अनुसार, गाउँमा रहेका एक हजार भन्दा बढी मानिस मध्ये एक जना मात्र जीवित रहेका छन् । बाँकी सबै पहिरोमा पुरिएर ज्यान गुमाएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन दुजारिकले घटनाबारे प्रतिक्रिया दिँदै भने,“पूरा क्षतिको विवरण आउन बाँकी छ, किनभने घटनास्थल अत्यन्तै दुर्गम भएकाले उद्धार र सहायता पुगोस् भन्ने चुनौतीपूर्ण छ ।”
सन् २०२३ मेबाट सुरु भएको सुडानी सेना र अर्धसैनिक द्रुत सहयोग बल (आरएसएफ) बिचको द्वन्द्वका कारण हालसम्म दशौँ हजार नागरिकको ज्यान गएको छ र करिब एक करोड ४० लाख नागरिक विस्थापित भएका छन् । युद्धको चपेटाबाट जोगिन हजारौँ मानिस एसएलएम नियन्त्रणमा रहेका क्षेत्रमा शरण लिन बाध्य भएका छन् । डारफर क्षेत्र विशेष गरी वर्षायाममा पर्वतीय भूभाग भएका कारण पहिरोको उच्च जोखिममा रहने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: