भिएना । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था (आइएइए)ले मङ्गलबार यसका निरीक्षकले सिरियाको एक पुरानो साइटमा युरेनियमको निशान फेला पारेको जानकारी दिएको छ । यो अघिल्लो सरकारले गोप्य आणविक कार्यक्रम सञ्चालन गरेको स्थल हो भन्ने विश्वास गरिएको छ ।
पूर्वराष्ट्रपति बशर अल-असदको नेतृत्वमा सिरियाले अघोषित व्यापक आणविक कार्यक्रम चलाएको आशङ्का गरिँदै आएको थियो । यसमा उत्तर कोरियाले निर्माण गरेको भनिने देइर अल-जौर प्रान्तस्थित अघोषित आणविक रिएक्टर पनि समावेश थियो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल मारियानो ग्रोसीले पहिले एसोसिएटेड प्रेससँग भनेका थिए । “सिरियाको केही गतिविधि एजेन्सीको दृष्टिमा सम्भवतः आणविक हतियारसँग सम्बन्धित देखिन्छ ।”
गत वर्ष आइएइएका निरीक्षकले देइर अल-जौरसँग ‘कार्यात्मकरूपमा सम्बन्धित’ भनिएका तीन स्थानमा वातावरणीय नमूना सङ्कलन गरेका थिए । तीमध्ये एक स्थानमा लिइएका नमूनामा ‘मानवजनित प्राकृतिक युरेनियम कणहरूको महत्त्वपूर्ण सङ्ख्या’ भेटिएको प्रवक्ता फ्रेडरिक डाहलले विज्ञप्तिमा बताए । उनका अनुसार यीमध्ये केही युरेनियम कणहरू युरेनियम अयस्कलाई युरेनियम अक्साइडमा रूपान्तरण गर्ने प्रक्रियासँग मेल खान्छन्, जुन रिएक्टरसँग सम्बन्धित गतिविधिको सङ्केत हुन सक्छ ।
ग्रोसीले सोमबार एजेन्सीको निर्देशक बोर्डलाई प्रस्तुत गरेको प्रतिवेदनमा यी निष्कर्ष समावेश गरेका छन् । देइर अल-जौर साइटबारे सार्वजनिक जानकारी भने सन् २००७ मा इजरायलको हवाई आक्रमणपछि मात्र बाहिर आएको हो । मध्यपूर्वमा एक मात्र आणविक हतियार भएको देश मानिने इजरायलले आफ्नो कार्यक्रमबारे आधिकारिक घोषणा भने गरेको छैन । आक्रमणपछि सिरियाले उक्त स्थललाई समतल बनायो र आइएइएका प्रश्नको पूर्ण जवाफ कहिल्यै दिएन ।
आइएइएको टोलीले गत वर्ष असद सत्तामा रहँदा केही चासोका स्थलको भ्रमण गरेको थियो । असदको पतनपछि अन्तरिम राष्ट्रपति अहमद अल-साराको नेतृत्वमा बनेको नयाँ सरकारले एजेन्सीसँग सहकार्य गर्ने सहमति जनाएको छ र निरीक्षकलाई युरेनियम भेटिएको ठाउँमा पुनः प्रवेशको अनुमति दिएको छ ।
निरीक्षकले त्यहाँ थप नमूना सङ्कलन गरेका छन् । डाहलले भने, “यी सबै नमूनाका नतिजा तथा देइर अल-जौर साइटको योजनाबद्ध भ्रमणबाट प्राप्त जानकारीको मूल्याङ्कन गरिने छ र आवश्यकता परेमा थप फलो-अप गतिविधि सञ्चालन हुने छ ।” यसै वर्ष जुनमा दमास्कस भ्रमणका क्रममा ग्रोसीले एपीसँग राष्ट्रपति अल-साराले भविष्यमा सिरियामा आणविक ऊर्जा विकास गर्ने चासो देखाउनु भएको बताएका थिए ।
उनका अनुसार यस क्षेत्रमा अन्य धेरै मुलुकहरू पनि कुनै न कुनै रूपमा आणविक उर्जाको खोजीमा छन् । सिरियाले विशेष गरी साना मोड्युलर रिएक्टरमा चासो देखाएको हुन सक्ने उनले उल्लेख गरे । यी परम्परागत ठुला रिएक्टरभन्दा सस्तो र प्रयोग मैत्री हुने बताइन्छ । ग्रोसीले भने, “आइएइए सिरियाको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्न इच्छुक छ, जसलाई करिब १४ वर्ष लामो गृहयुद्धले गम्भीररूपमा कमजोर पारेको छ । यस अन्तर्गत रेडियोथेरापी, आणविक औषधी र क्यान्सर उपचार (ओन्कोलोजी) पूर्वाधार पुनर्निर्माणमा सहयोग उपलब्ध गराउन सकिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: