काठमाडौँ। नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई आज (भदौ १९ गते) देखि बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर (एक्स) लगायतका सञ्जाल अब नेपालभर नचल्ने भएका छन्।
मन्त्रिपरिषद्को २०८२ भदौ ९ गते बसेको बैठकले नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल कम्पनीलाई एक साताभित्र सूचीकरणमा आउन निर्देशन दिएको थियो। सो म्याद बुधबार राति सकिएपछि मन्त्रालयले आज पुनः मन्त्रीस्तरीय बैठक बसेर सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।
कुन–कुन चल्छ ?
हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँचवटा सञ्जालले मात्रै सूचीकरण प्रक्रिया पूरा गरेका छन्। यी प्लेटफर्महरू नेपालमा यथावत चलिरहनेछन्।
कुन–कुन बन्द हुन्छ ?
सूचीकरणमा नआएका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो नेपालमा आजदेखि बन्द हुनेछन्।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, बन्द गरिएका सञ्जालहरूले सूचीकरण प्रक्रिया पूरा गरेमा पुनः सञ्चालनमा आउनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...
माघ ३ गते, २०८२ - १८:०९
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...
माघ ३ गते, २०८२ - १८:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...




प्रतिकृया लेख्नुहोस्: