काठमाडौं। नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाली उपभोक्ताले विकल्प खोज्न थालेका छन्। खासगरी सन्देश आदान–प्रदानका लागि प्रयोग हुने भाइबर एप हाल धमाधम डाउनलोड हुन थालेको छ।
कुनै समय नेपाली प्रयोगकर्ताबीच निकै लोकप्रिय रहेको भाइबर पछिल्लो वर्षहरूमा ह्वाट्सएपको सहज इन्टरफेस र विशेषताका कारण पछि परेको थियो। यद्यपि सरकारले फेसबुक, ह्वाट्सएप, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताले फेरि भाइबर रोज्न थालेका छन्।
व्यावसायिक स्तरमा केही संस्थाले आफ्ना ग्राहकलाई लक्षित सन्देश पठाउन ‘भाइबर बिजनेस मेसेज’ प्रयोग गर्दै आएका छन्। तर व्यक्तिगत प्रयोग भने सीमित मात्रामा हुने गरेको थियो।
नेपाल सरकारले पहिलो पटक २०८१ चैत ७ गते सार्वजनिक सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरण गर्न आह्वान गरेको थियो। म्याद गुज्रिए पनि मेटा, गुगल, युट्युबलगायत कम्पनीले सूचीकरण नगरेपछि सरकारले रोक लगाउने निर्णय गरेको हो।
हालसम्म भाइबर, टिकटक र वीटोक मात्रै सूचीकरण भई नेपालमा सञ्चालनमा रहेका छन्। यता, मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप), गुगल, माइक्रोसफ्ट लगायतका कम्पनी भने कर प्रयोजनका लागि मात्र दर्ता भई आएका छन्।
सर्वोच्च अदालतले पनि हालै सरकारले सबै प्रकारका डिजिटल सञ्चार माध्यम र सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन परमादेश जारी गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: