पोखरा । लेकसाइडको हलमा उद्योगी–व्यवसायीको बाक्लो उपस्थितिमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक तीखो बने। विषय थियो “समाजवाद उन्मुख अर्थतन्त्र” तर प्रचण्डको भाषणमा राजनीति, दलाल पुँजीवाद र सरकारप्रति कडा प्रहार मिसिएको थियो।
उनले माइक्रोफोन समातेलगत्तै भने, “कांग्रेस–एमालेको यो सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।”
उनी यतिमै रोकिएनन्। कांग्रेस–एमालेभित्र इमानदार साथीहरू अझै छन् भन्दै प्रचण्डले प्रश्न उठाए– “त्यस्तो सरकारमा बसिरहनुको औचित्य के हो?”
दलाल पुँजीवाद र बिचौलियावादमाथि प्रहार
प्रचण्डको भाषणमा ‘क्रोनी क्यापिटलिज्म’ शब्द धेरै पटक दोहोरियो।
उनको भनाइमा अहिले नेपालमा व्यवसायको दिशा नीतिबाट होइन, दलाल र बिचौलियाको सञ्जालबाट निर्धारण भइरहेको छ।
“सहकारी क्षेत्रमै हेरौं, ठग्नेहरू को हुन्? कांग्रेस र एमालेसँग जोडिएका नेताहरू। हामी प्राधिकरणमार्फत कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो,” उनले कटाक्ष गरे। यति आलोचना मात्र नभई प्रचण्डले उद्योगी–व्यवसायीलाई समेत प्रशंसा गरे।
२०६४ सालमा स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ छोटो समयमै प्रभावशाली बनेको भन्दै उनले भने, “यो महासंघ जिम्मेवार, सक्षम र योगदान दिनसक्ने समूह हो। तर अझ अध्ययन, अनुसन्धान र लगनशीलता जरुरी छ।”
उनले माओवादी नेतृत्वका १२३ पालिकामा सञ्चालन भइरहेको प्रशिक्षण अभियानलाई उदाहरण दिँदै, “कार्यक्षमता मूल्याङ्कनमा ती पालिका अगाडि छन्। यो हाम्रो विचार, नीतिगत स्पष्टता र व्यावहारिकताकै नतिजा हो,” दाबी गरे।
मध्यम वर्ग, सहकारी सुधार र ऋण मिनाहलाई माओवादीको प्राथमिकता भन्दै प्रचण्डले आफूलाई स्पष्टतापूर्वक “मध्यम वर्गकै प्रतिनिधि” घोषणा गरे।
उनले थपे, “जनताले अब बुझ्न थालेका छन्। नपत्याउने गरी माओवादी केन्द्रतर्फ जनमत बढेको छ। हामी वैकल्पिक शक्ति मात्र होइन, वास्तविक शक्ति हुँदैछौं।”
संविधान निर्माण प्रक्रियामा माओवादीको निर्णायक भूमिका स्मरण गर्दै प्रचण्डले भने, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं। तर अझै संरचनात्मक परिवर्तन आइसकेको छैन—उही नियम, उही परम्परा चलिरहेको छ। त्यसैले परिवर्तनको लडाइँ अझै बाँकी छ।”
राजनीतिक कटाक्ष र भाषणबीच कार्यक्रममा एउटा रमाइलो दृश्य पनि देखियो। दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन भएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप हस्तान्तरण गरे।
हातमा केरा समाउँदै प्रचण्ड हाँस्दै भने, “यस्तै आत्मनिर्भर उत्पादनले देशलाई स्वाधीन अर्थतन्त्रतर्फ लैजान्छ।”
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: