Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

पोखरा  ।  लेकसाइडको हलमा उद्योगी–व्यवसायीको बाक्लो उपस्थितिमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक तीखो बने। विषय थियो “समाजवाद उन्मुख अर्थतन्त्र” तर प्रचण्डको भाषणमा राजनीति, दलाल पुँजीवाद र सरकारप्रति कडा प्रहार मिसिएको थियो।

उनले माइक्रोफोन समातेलगत्तै भने, “कांग्रेस–एमालेको यो सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।”

उनी यतिमै रोकिएनन्। कांग्रेस–एमालेभित्र इमानदार साथीहरू अझै छन् भन्दै प्रचण्डले प्रश्न उठाए– “त्यस्तो सरकारमा बसिरहनुको औचित्य के हो?”

दलाल पुँजीवाद र बिचौलियावादमाथि प्रहार

प्रचण्डको भाषणमा ‘क्रोनी क्यापिटलिज्म’ शब्द धेरै पटक दोहोरियो।
उनको भनाइमा अहिले नेपालमा व्यवसायको दिशा नीतिबाट होइन, दलाल र बिचौलियाको सञ्जालबाट निर्धारण भइरहेको छ।

“सहकारी क्षेत्रमै हेरौं, ठग्नेहरू को हुन्? कांग्रेस र एमालेसँग जोडिएका नेताहरू। हामी प्राधिकरणमार्फत कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो,” उनले कटाक्ष गरे। यति आलोचना मात्र नभई प्रचण्डले उद्योगी–व्यवसायीलाई समेत प्रशंसा गरे।

२०६४ सालमा स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ छोटो समयमै प्रभावशाली बनेको भन्दै उनले भने, “यो महासंघ जिम्मेवार, सक्षम र योगदान दिनसक्ने समूह हो। तर अझ अध्ययन, अनुसन्धान र लगनशीलता जरुरी छ।”

उनले माओवादी नेतृत्वका १२३ पालिकामा सञ्चालन भइरहेको प्रशिक्षण अभियानलाई उदाहरण दिँदै, “कार्यक्षमता मूल्याङ्कनमा ती पालिका अगाडि छन्। यो हाम्रो विचार, नीतिगत स्पष्टता र व्यावहारिकताकै नतिजा हो,” दाबी गरे।

मध्यम वर्ग, सहकारी सुधार र ऋण मिनाहलाई माओवादीको प्राथमिकता भन्दै प्रचण्डले आफूलाई स्पष्टतापूर्वक “मध्यम वर्गकै प्रतिनिधि” घोषणा गरे।

उनले थपे, “जनताले अब बुझ्न थालेका छन्। नपत्याउने गरी माओवादी केन्द्रतर्फ जनमत बढेको छ। हामी वैकल्पिक शक्ति मात्र होइन, वास्तविक शक्ति हुँदैछौं।”

संविधान निर्माण प्रक्रियामा माओवादीको निर्णायक भूमिका स्मरण गर्दै प्रचण्डले भने, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं। तर अझै संरचनात्मक परिवर्तन आइसकेको छैन—उही नियम, उही परम्परा चलिरहेको छ। त्यसैले परिवर्तनको लडाइँ अझै बाँकी छ।”

राजनीतिक कटाक्ष र भाषणबीच कार्यक्रममा एउटा रमाइलो दृश्य पनि देखियो। दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन भएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप हस्तान्तरण गरे।

हातमा केरा समाउँदै प्रचण्ड हाँस्दै भने, “यस्तै आत्मनिर्भर उत्पादनले देशलाई स्वाधीन अर्थतन्त्रतर्फ लैजान्छ।”

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशन सकिएपछि फिर्ता लिइएको हस्ताक्षरले वैधानिकता प्रभावित गर्दैन : गगन समूह

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...

घ्याङलेख एसबिआई बैंक लुटपाट: सातैजना पक्राउ, करोडौं रुपैयाँ बरामद, घटना योजना अनुसार भएको खुलासा

सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...

ओलीकहाँ पुग्यो एमालेका प्रत्यक्ष उम्मेदवारको सूची

काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

निर्वाचन आयोगको अनुगमन प्रणालीप्रति एमाले नेता राजन भट्टराईको प्रश्न

काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending