Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एमालेको कोषमा चार वर्षमा ६६ करोड आम्दानी, १४ करोडभन्दा बढी बचत

खबरडबली संवाददाता

ललितपुर  । नेकपा (एमाले) ले पछिल्ला चार वर्षमा केन्द्रीय कोषमार्फत झण्डै ६६ करोड रुपैयाँ आम्दानी गरेको छ। गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनको दोस्रो दिन शनिबार पेश गरिएको लेखा आयोगको प्रतिवेदनअनुसार, यस अवधिमा पार्टीले करिब ५१ करोड रुपैयाँ खर्च गरेको र कुल १४ करोड ५८ लाख रुपैयाँ बचत गरेको विवरण सार्वजनिक गरिएको हो।

आम्दानीका प्रमुख स्रोत

प्रतिवेदनअनुसार पार्टीलाई सबैभन्दा ठूलो आम्दानी सदस्यता शुल्क र लेभीबाट भएको छ। यसमार्फत करिब ३४ करोड संकलन भएको छ। संघीय सांसदहरूले पार्टीलाई बुझाउने मासिक १२ हजार रुपैयाँ योगदानबाट करिब ५ करोड ४० लाख रुपैयाँ आएको उल्लेख छ।

त्यसैगरी भवन निर्माण सहयोग शीर्षकमा १३ करोड रुपैयाँ जम्मा भएको छ। यसमा तुल्सीलाल प्रतिष्ठान भवन निर्माणका लागि जुटाइएका रकम पनि समावेश छन्। बैंक ब्याजमार्फत करिब ३ करोड, प्रकाशन बिक्री तथा अन्य सहयोगमार्फत बाँकी रकम संकलन भएको प्रतिवेदनले देखाएको छ।

खर्चतर्फका विवरण

चार वर्षमा पार्टीले ठूलो खर्च महाधिवेशनमा गरेको छ। दशौं महाधिवेशनमै करिब ११ करोड ७ लाख रुपैयाँ खर्च भएको छ भने पहिलो विधान महाधिवेशनमा ४ करोड ३७ लाख रुपैयाँ खर्च भएको देखिन्छ।

त्यस्तै, पछिल्लो स्थानीय र संसदीय निर्वाचनमा करिब ३ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ। पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रममा ४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ भने नियमित कार्यालय सञ्चालन खर्च करिब १ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

तुल्सीलाल प्रतिष्ठान भवन निर्माणका लागि मात्रै ८ करोड ४६ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनले उल्लेख गरेको छ।

प्रदेशगत स्थिति

लेखा आयोगले प्रदेशगत आम्दानी–खर्चको पनि तुलनात्मक विवरण प्रस्तुत गरेको छ। त्यसअनुसार बागमती प्रदेश सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश बनेको छ। यस प्रदेशको आम्दानी ४ करोडभन्दा बढी र खर्च करिब ३ करोड देखिन्छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश घाटामा रहेका छन् भने अन्य प्रदेशहरू बचतमा देखिएका छन्। पछिल्लो अधिवेशन अवधिमा सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश कोशी हो, जसले करिब ३८ लाख आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ।

तर खर्चतर्फ गण्डकी प्रदेश सबैभन्दा अगाडि रहेको छ। यस प्रदेशले मात्र करिब ९१ लाख खर्च गरेको छ। त्यसपछि लुम्बिनीले ८३ लाख, कोशीले ७५ लाख, सुदूरपश्चिमले ६८ लाख, बागमतीले ६७ लाख, मधेशले ५१ लाख, कर्णालीले ३२ लाख र उपत्यका विशेष प्रदेशले करिब १३ लाख खर्च गरेका छन्।

पार्टीले सदस्यता शुल्क, लेभी र सांसदहरूको योगदानलाई मुख्य आयस्रोत बनाएर चार वर्षमा उल्लेखनीय आम्दानी गरेको देखिन्छ। तर महाधिवेशन, भवन निर्माण र निर्वाचनमा भएको ठूलो खर्चका कारण बचत सीमित मात्र रहन पुगेको प्रतिवेदनले प्रष्ट्याएको छ। अहिले पनि पार्टीको केन्द्रीय कोषमा करिब १४ करोड ५८ लाख रुपैयाँ बचत छ, जसलाई आगामी गतिविधिमा प्रयोग गर्ने तयारी गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

निर्वाचन आयोगको अनुगमन प्रणालीप्रति एमाले नेता राजन भट्टराईको प्रश्न

काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending