Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एमालेभित्र बढ्दो विसंगति: कुण्ठा, स्वार्थ र गुटबाजीले अनुशासन कमजोर

खबरडबली संवाददाता

ललितपुर ।  नेकपा एमाले वैचारिक स्पष्टता र सांगठनिक गतिशीलताको दाबी गर्ने पार्टी हो। तर पछिल्लो समय यसभित्र अनुशासन उल्लंघन, गुटगत गतिविधि र स्वार्थकेन्द्रित आचरणले समस्या गहिरिँदै गएको देखिएको छ।

पार्टीभित्र देखिएका विसंगतिहरूलाई एमालेले आफैं स्वीकार गर्दै आएको छ। विश्लेषकहरूका अनुसार, राजनीतिक दलका नेताहरूमा कुण्ठा, वैयक्तिक स्वार्थ, अवसरको अनुचित आकर्षण, विचार–आचरणमा विचलन, सांगठनिक अराजकता, अपारदर्शी आर्थिक गतिविधि र गुटगत प्रतिस्पर्धा प्रमुख चुनौतीका रूपमा सतहमा आएका छन्।

पार्टी एकीकरण, विभाजन र पुनर्संरचनाका प्रक्रियामा कतिपय नेतामा असन्तुष्टि र कुण्ठा देखिएको थियो। पद, प्रतिष्ठा र सुविधामा भाग नपाउँदा कतिपयले व्यक्तिगत लाञ्छना लगाउनेदेखि बैठक अवरुद्ध गर्ने प्रवृत्ति देखाए। अहिले पनि अपेक्षित सुविधा नपाउँदा निराश र निष्क्रिय हुने नेताहरूको प्रवृत्ति कायम छ।

नेतृत्वमा पुग्ने आकांक्षा, आर्थिक लाभप्रतिको मोह र सामाजिक चर्चामा रहिरहने चाहनाले पार्टीभित्र वैयक्तिक स्वार्थ बढाएको छ। कतिपय नेताले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिक मञ्चलाई दुरुपयोग गर्ने गरेको उदाहरण देखिन्छ। जनप्रतिनिधि चयनदेखि राजनीतिक नियुक्तिसम्म स्वार्थपूर्तिमै केन्द्रित हुने प्रवृत्ति हावी छ।

एमाले विचार र सिद्धान्तमा दृढ रहेको दाबी गरे पनि कतिपय नेतामा संकिर्ण मानसिकता, असहिष्णुता र अराजकता प्रकट भएको छ। पार्टी निर्णय नमान्ने, छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने, व्यक्तिगत आक्रोशलाई प्राथमिकता दिने र जनस्तरका समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ।

कमिटीहरूको निष्क्रियता, निर्णय कार्यान्वयनमा कमजोरी, परस्पर अविश्वास र नेताहरूबीचको प्रतिस्पर्धाले पार्टीको सांगठनिक जीवन कमजोर भएको छ। गुटगत क्रियाकलाप स्वार्थमा आधारित हुने र यसले पार्टीभित्र अविश्वास, अपमान र आक्रोश बढाउने गरेको देखिन्छ।

पार्टीका कतिपय नेताको जीवनशैली र आयबीच अस्वाभाविक अन्तर देखिन्छ। खर्चालु जीवनशैली भए पनि आयका स्रोत अस्पष्ट हुने प्रवृत्तिले आन्तरिक आलोचना बढाएको छ। यसले पार्टीभित्र आर्थिक अनुशासनमा गम्भीर प्रश्न उठाएको छ।

एमाले न्यायपूर्ण समाज निर्माणका लागि वैचारिक र सांगठनिक दृढता आवश्यक रहेको बताउँछ। तर पार्टीभित्र बढ्दै गएको कुण्ठा, स्वार्थ, अराजकता र अपारदर्शिताले संगठन कमजोर बनाउने खतरा बढाएको छ। विश्लेषकहरूको भनाइमा, यी विसंगतिलाई नियन्त्रण नगरेसम्म एमालेले आफ्नो उदाहरणीय छवि कायम गर्न कठिन हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending