लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनताको समस्या सिंहदरबारसम्म पु¥याउने रहेको बताएका छन्।
शनिबार लम्जुङको श्री भक्ति नमूना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा प्रचण्डले विद्यालयसँगको आफ्नो लामो सम्बन्ध स्मरण गर्दै भने, “म धेरै अघि पनि यहाँ आएको थिएँ, प्रधानमन्त्री भएपछि पनि आएको थिएँ। फेरि आउन पाउनु ठूलो कुरा हो।”
उनले वर्षायामका कारण पोखरामा स्थगित भएको अभियानलाई पुनः सुरु गरिएको जानकारी दिए। “हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाले रोक्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ,” प्रचण्डले भने।
प्रचण्डका अनुसार यो अभियानको मुख्य उद्देश्य जनताको समस्या प्रत्यक्ष सुनेर सिंहदरबारसम्म पु¥याउनु हो। “अभियानका क्रममा हामी सहिद परिवार र बेपत्ता परिवारसँग निरन्तर भेटघाट गरिरहेका छौँ। उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले निरन्तर प्रयास गरिरहेको छ,” उनले भने।
संवाद कार्यक्रममा उनले सरकारमा हुँदा गरेका कामहरूको स्मरण पनि गरे। सामाजिक न्याय, सुशासन प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता कदम माओवादी केन्द्रले उठाएको दाबी उनले गरे।
उनले थपे, “राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: