लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनताको समस्या सिंहदरबारसम्म पु¥याउने रहेको बताएका छन्।
शनिबार लम्जुङको श्री भक्ति नमूना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा प्रचण्डले विद्यालयसँगको आफ्नो लामो सम्बन्ध स्मरण गर्दै भने, “म धेरै अघि पनि यहाँ आएको थिएँ, प्रधानमन्त्री भएपछि पनि आएको थिएँ। फेरि आउन पाउनु ठूलो कुरा हो।”
उनले वर्षायामका कारण पोखरामा स्थगित भएको अभियानलाई पुनः सुरु गरिएको जानकारी दिए। “हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाले रोक्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ,” प्रचण्डले भने।
प्रचण्डका अनुसार यो अभियानको मुख्य उद्देश्य जनताको समस्या प्रत्यक्ष सुनेर सिंहदरबारसम्म पु¥याउनु हो। “अभियानका क्रममा हामी सहिद परिवार र बेपत्ता परिवारसँग निरन्तर भेटघाट गरिरहेका छौँ। उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले निरन्तर प्रयास गरिरहेको छ,” उनले भने।
संवाद कार्यक्रममा उनले सरकारमा हुँदा गरेका कामहरूको स्मरण पनि गरे। सामाजिक न्याय, सुशासन प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता कदम माओवादी केन्द्रले उठाएको दाबी उनले गरे।
उनले थपे, “राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...
माघ ३ गते, २०८२ - ११:२४
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ ३ गते, २०८२ - ११:२१
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...
माघ ३ गते, २०८२ - ११:२०
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...
माघ ३ गते, २०८२ - ११:१९
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...
माघ ३ गते, २०८२ - १०:५९
काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...
माघ ३ गते, २०८२ - १०:५६
पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । कास्कीका सहायक प्रमुख जि...
माघ ३ गते, २०८२ - १०:५५
काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...
माघ ३ गते, २०८२ - १०:५३
काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...




प्रतिकृया लेख्नुहोस्: