काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको जेनजी आन्दोलनले साेमबार अर्को कालो अध्याय लेखेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५ जना र काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यसैगरी सिभिल अस्पतालमा २ जना र एकजनाको घटनास्थलमै प्राण गुमाएका थिए । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएपछि अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको हाे ।
हाल ट्रमा सेन्टरमा प्रहरी वृत जनसेवाबाट मुचुल्का उठाउने टोली पुगिसकेको छ । तर प्रश्न भने अझै पनि आकाशमै छ—अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई किन रक्तपातमा बदलियो?
जेनजी पुस्ताले सुरु गरेको विरोध प्रदर्शन मूलतः भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दबारे थियो। तर सरकारी रवैया, नियन्त्रणका प्रयास र सुरक्षाकर्मीको बलप्रयोगले आन्दोलन उग्र बन्न पुग्यो।
माइतीघरमा सुरु भएको जुलुस राजधानीका विभिन्न चोकहरूमा फैलियो, सुरक्षा निकायले बल प्रयोग गरेपछि भिड र सुरक्षाकर्मीबीच ठोक्किन पुग्यो।
मृतक ८ जना मात्र होइनन्, यो संख्या प्रतीक हो—राजनीतिक नेतृत्वले जनताको आवाज सुन्न असफल भएको प्रमाण। नेपालको लोकतन्त्रले विगतमा भीषण दमन, आन्दोलन र बलिदान देखेको छ । तर अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमै पुनः रगत बग्नु लोकतान्त्रिक मूल्यप्रति ठूलो व्यंग्य बनेको छ।
अब सरकार दुईतर्फी दबाबमा छ— आन्दोलनरत युवाको क्रोध, विपक्षी दल र नागरिक समाजको आलोचना । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सुरु भएको विवाद अब सडकमा रगत बगेको घटनामा बदलिएको छ।
९ जना युवाको मृत्यु केवल समाचार होइन, यो संकेत हो— जनताको स्वर दमन गरेर दबाउन खोज्दा आन्दोलन अझै तीव्र हुन्छ, रगतले पोषिएको आन्दोलन कहिल्यै दबिँदैन,सामाजिक सञ्जाल बन्द मात्र होइन, अब सरकारकै वैधता अब प्रश्नमा छ।
सरकारले अझै बुझेन भने, यो रगत यतिमै थामिँदैन। आज ट्रमा सेन्टरमा शव राखिएका छन्, तर सडकमा अझै क्रान्तिको आवाज गुन्जिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: