ललितपुर । भ्रष्टाचारविरुद्धको आवाज र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन आइतबार राजधानी काठमाडाैंकाे नयाँ बानेश्वर क्षेत्र रगताम्य भयो । “शान्तिपूर्ण विरोध” भन्ने अभिव्यक्ति नारामा मात्र सीमित रह्यो, व्यवहारमा भने निहत्था युवामाथि राज्यकै गोली बर्सियो।
घटना क्रम
बिहानैदेखि माइतीघर र नयाँ बानेश्वर वरिपरि हजारौँ युवा जम्मा भएका थिए । हातमा प्लेकार्ड, मुखमा नारा— “सञ्चारको घेराबन्दी हटाऊ”, “भ्रष्टाचार अन्त्य गर”। उनीहरू सडकमा बसेर गीत गाउँदै, नृत्य गर्दै, आफ्ना माग राखिरहेका थिए। तर मध्यान्हतिर परिस्थिति बदलियो।
प्रहरी बल प्रयोग गर्दै अघि बढ्यो । सामान्य लाठीचार्जपछि भीड नियन्त्रणमा नआउने देखेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्यो। अनि केही बेरमै गोली चल्यो— जसले आन्दोलनलाई शोक र आक्रोशमा बदलिदियो।
प्रत्यक्षदर्शी रमेश थापा भन्छन्, “हामी नाराबाजी गर्दै थियौं। एक्कासि प्रहरीले गोली चलायो। यो हाम्रो आँखा अगाडि भएको राज्य आतंक थियो।”
घटनास्थलमै एकको प्राण गयो भने राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल,काठमाडाैं मेडीकल कलेज र सुनसरीको इटहरीमा राज्यले राज्यआतंककाे पराकाष्ठ देखीएकाे छ ।
पछिल्लाे समय सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भए सँगै हालसम्म १९ जनाको ज्यान गएपछि आन्दोलन थप आक्रोशित बनेको हो ।
अधिकांश घाइतेहरूलाई गोली र लाठीले गम्भीर चोट लागेको र केहीको अवस्था अझै पनि संकटपूर्ण रहेकाे ट्रमा सेन्टरका एक चिकित्सकले नाम नखुलाउने सर्तमा बताए ।
राजनीतिक प्रतिक्रिया
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै लेखे— “निसश्त्र युवामाथि गोली चलाउनु लोकतन्त्रको अपमान हो। सरकारलाई जेन–जीका माग सम्बोधन गर्न आग्रह गर्दछु।”
तर सत्तारूढ दलका नेताहरू मौन देखिन्छन् । केहीले निजीमा चिन्ता व्यक्त गरे पनि आधिकारिक रूपमा सरकारको बचाउमा मात्रै उत्रिएका छन् । यसले जनआक्रोश झनै बढाएको छ ।
सडकमा युवा पुस्ताको हुंकार
घटनापछि सामाजिक सञ्जाल पुनः तातेको छ। ट्वीटर (एक्स), फेसबुक र टिकटकमा “#JusticeForGenZ” ह्यासट्याग भाइरल छ । युवाहरू भन्छन्—“हामीलाई गोलीले डर देखाउन खोजिएको हो भने यो सरकार गलत छ । अब हाम्रो आन्दोलन अझै सशक्त हुन्छ।”
यो घटनाले के प्रष्ट पार्छ भने राज्य अझै पनि नागरिकको आवाजलाई ‘सुरक्षा खतराको विषय’ मान्छ। अभिव्यक्ति स्वतन्त्रता संविधानमै सुनिश्चित छ, तर व्यवहारमा निसश्त्र युवामाथि गोली हान्ने प्रवृत्ति देखिन्छ।
यो केवल एक आन्दोलन मात्र होइन, पुस्तान्तरणको सङ्घर्ष पनि हो। जेन–जी पुस्ता ‘डिजिटल नेपाल’ र ‘पारदर्शी शासन’को सपना बोकेर सडकमा उत्रिएको हो। तर त्यसको जवाफ गोलीले दिने सरकार जनताप्रति लाचार र दमनकारी दुवै भएको प्रमाण हो।
सडकमा परेको युवाको रगत केवल एउटा दुर्घटना होइन—यो राष्ट्रको लोकतान्त्रिक यात्रामाथि लागेको गहिरो दाग हो। यदि सरकार अझै समयमै चेतिएन भने, यो आन्दोलन केवल सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध सीमित रहने छैन; यसले सम्पूर्ण राजनीतिक व्यवस्थालाई चुनौती दिने जोखिम बोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: