Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

गाजामा इजरायली ‘नरसंहार बयानबाजी’को संयुक्त राष्ट्र मानवाधिकार प्रमुखद्वारा निन्दा

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सोमबार गाजाबारे इजरायली अधिकारीहरूले गरेको ‘नरसंहारको बयानबाजी’ प्रति कडा चेतावनी दिँदै त्यसको अन्त्यका लागि निर्णायक अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान गरेकाे छ ।

उनले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रलाई पहिले नै ‘चिहान’ भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६०औँ सत्रमा उदघाटन सम्बोधन गर्दै टर्कले गाजामा इजरायलले प्यालेस्टिनी नागरिकको सामूहिक हत्या गरेको, अवर्णनीय पीडा र थोक विनाश ल्याएको, जीवनरक्षक सहायता रोक्का गरेको, नागरिकलाई भोकमरीतर्फ धकेलेको, पत्रकार, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा एनजिओ कामदारहरूको हत्या गरेको भन्दै कडा निन्दा गरे । 

“वरिष्ठ इजरायली अधिकारीहरूले खुलेर नरसंहारको बयानबाजी गरेको र प्यालेस्टिनीप्रति अमानवीय तथा अपमानजनक शब्दप्रयोग गरेको देख्दा म गम्भीर चिन्तित छु”, उनले भने । हमासको घातक आक्रमणपछि सुरु भएको युद्ध करिब दुई वर्ष पुगेको सन्दर्भमा उनले ‘क्षेत्र शान्तिका लागि कराइरहेको’ भन्दै जोड दिए । उनले अधिकार परिषदमा गाजालाई ‘चिहान’ को संज्ञा दिए । 

यसैबिच, इजरायली सेनाले आइतबार गाजा सहरस्थित एक आवासीय टावर ब्लकमा लगातार तेस्रो दिन बम प्रहार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीको प्रमुख सहरी क्षेत्रमा आक्रमणलाई ‘गहिरो’ पारिरहेको घोषणा गरेसँगै टर्कको टिप्पणी आएको हो ।

गत महिना गाजामा आधिकारिकरूपमा अनिकाल घोषणा गरिएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजा सहर र वरिपरि करिब १० लाख मानिस बसोबास गर्दै आएका छन् । निरन्तर इजरायली आक्रमण जारी रहेमा ‘विपत्ति’ निम्त्याउने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । टर्कले भने, “थप सैन्यीकरण, कब्जा, विलय र दमनले हिंसा, प्रतिशोध र आतङ्कलाई मात्र पोषण गर्ने छ ।”

उनले अन्तर्राष्ट्रिय न्याय अदालतले आदेश दिएअनुसार इजरायलका ‘नरसंहारका कार्य रोक्न, नरसंहार उक्साउनेलाई सजाय दिन र गाजामा पर्याप्त सहायता पुर्‍याउन’ कानूनी दायित्व रहेको बताए । उनले अन्तर्राष्ट्रिय समुदाय आफ्नो कर्तव्यमा असफल भएको भन्दै कडा आलोचना गरे । “हामी गाजाका जनतालाई असफल तुल्याइरहेका छौँ”, उनले भने । 

‘नरसंहार रोक्न निर्णायक कदम कहाँ छन् ?’ भन्दै उनले देशलाई ‘अत्याचार अपराध रोक्न अझ बढी गर्नुपर्ने’ आग्रह गए । साथै उनले चेतावनी दिँदै भने, “इजरायलतर्फ हतियारको प्रवाह तत्काल रोक्नुपर्छ, जसले युद्धको कानून उल्लङ्घन गर्ने जोखिम बढाउँछ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending