वासिङ्टन । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् ।
ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,“हो, म तयार छु,” भने । यद्यपि, उनले प्रतिबन्धको स्वरूपका बारेमा थप विवरण दिनुभएन । गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबिचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिँनु भएको छैन ।
साथै, उनले दुबै राष्ट्रका राष्ट्रपतिबिच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरेका छन् । उक्त परिस्थितिका बिच, आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।
युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले उक्त आक्रमण युद्ध सुरु भएयता पहिलो पटक राजधानी किएभको मुख्य सरकारी भवनमा क्षति पुगेको बताए । ह्वाइट हाउसले घटनालाई गम्भीर रूपमा लिँदै, आवश्यक परे थप निर्णायक कदम चाल्न सकिने सङ्केत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: