विराटनगर । जेन–जी आन्दोलनमाथि भएको गोलीकाण्डपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिलोपटक कठोर प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले “आजदेखि यो सरकारको औचित्य समाप्त भएको छ” भनेर घोषणा गरेका छन् ।
डा. कोइरालाले लोकतन्त्रको नाममा सामाजिक सञ्जाल बन्द गर्ने र आफ्ना कुकृत्य लुकाउने सरकारलाई अधिनायकवादी संज्ञा दिँदै उनले जेन–जी पुस्ताले उठाएका मागलाई “न्यायोचित र समयसापेक्ष” भन्दै समर्थन जनाएका छन् ।
“देशमा भ्रष्टाचार उन्मूलन हुनु जरुरी छ। लोकतन्त्र भनेको जनताको आवाज सुन्ने अभ्यास हो, तर अहिले सरकारले त्यसको ठाडो उल्लङ्घन गर्यो,” उनको भनाइ थियो।
डा. कोइरालाको वक्तव्यमा कलिला विद्यार्थी र युवामाथि भएको गोली प्रहारलाई विशेष जोड दिएका छन् । उनले भने “देशकै उज्यालो भविष्य बोकेका युवाहरूमाथि किताब–कापी बोकेकै बेलामा गोली चलाउनु, सभ्य समाजको कल्पनाभन्दा बाहिरको क्रुरता हो।”
उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। तर, यससँगै उनले सरकारप्रति कडा प्रश्न पनि तेर्स्याएका छन् । “जनताप्रति अनुत्तरदायी, आवाज नबुझ्ने निरंकुश क्रुर सरकारले देखाएको अनुहार अब ढाक्न सकिँदैन” उनले भनेका छन् ।
राजनीतिक वृत्तमा डा. कोइरालाको यो वक्तव्यलाई “कांग्रेसभित्रबाट आएको सबभन्दा स्पष्ट र तीक्ष्ण प्रतिक्रिया”का रूपमा हेरिएको छ । यद्यपि कांग्रेस अझै औपचारिक रुपमा बाेलेकाे छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...



प्रतिकृया लेख्नुहोस्: