काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेपछि उत्पन्न परिस्थितिप्रति संकेत गर्दै प्रचण्डले रुकुमका जनताले “कुनै भगौडाको पछि नलाग्ने” प्रमाणित गरिदिएको बताए ।
रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले केही नेताहरू विचलित भएर पार्टी छाड्दा आफूलाई क्षणिक रूपमा जनमत खस्किने हो कि भन्ने चिन्ता लागेको स्वीकार गरे । तर सभामा देखिएको जनउपस्थितिले त्यो आशंका गलत सावित भएको उनको भनाइ थियो ।
‘यहाँका केही नेताहरू विचलित भएर पार्टी छाडेर गए,’ प्रचण्डले भने, ‘कम्युनिस्ट र मार्क्सवाद छाड्ने दिशातिर उनीहरू धकेलिएका छन् । यसको पछाडि सानो होइन, निकै ठूलो षड्यन्त्र छ ।’
उनले पार्टी छाड्ने नेताहरूलाई योजनाबद्ध रूपमा विचलित बनाइएको दाबी गर्दै त्यसको असर जनतामा नपरेको स्पष्ट पारे ।
‘पहिला जस्तो सभामा मान्छे नआउने हो कि भन्ने मलाई अलि–अलि लागेको थियो,’ उनले भने, ‘तर आजको यो उपस्थितिले देखाइदियो—रुकुमका जनता महान छन्, कुनै भगौडाको पछि लाग्दैनन् ।’
प्रचण्डले जनार्दन शर्मालाई संकेत गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, ‘पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो भन्ने सुनिन्थ्यो । अब प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने कुरा उठाइयो । म झन् बढी आउँछु अब रुकुम ।’
उनले कुनै एक नेताको अभावमा पार्टी कमजोर हुन्छ भन्ने चिन्ता निराधार भएको पनि बताए । पार्टीको शक्ति व्यक्ति होइन, जनता र कार्यकर्तामा निहित रहेको उनको भनाइ थियो ।
मध्यपहाडी लोकमार्ग अभियानका क्रममा चौरजहारीमा दिएको अभिव्यक्ति स्मरण गर्दै प्रचण्डले रुकुमका जनतालाई पुनः सम्मान प्रकट गरे ।
‘रुकुममा पहिले जसलाई नेता मानिन्थ्यो, उनीहरू पलायन भए,’ उनले भने, ‘तर रुकुमका जनता पलायन भएनन् । यहाँका नेता–कार्यकर्ता विचलित हुनेको पछि कहिल्यै लागेनन् । यही नै रुकुमको राजनीतिक विशेषता हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: