काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएको सरकारका एक मन्त्रीले जानकारी दिएका हुन् ।
राजधानीलगायत देशका विभिन्न स्थानमा सोमबार भएको जेन–जी आन्दोलन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडप हिंसात्मक बनेको थियो । प्रहरीको गोलीलगायत दमनका कारण अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौँ घाइते भएका छन् । यही घटनाले सरकार नै ठूलो आलोचनामा परेको छ ।
गृहमन्त्री लेखकले ती घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफूले नैतिक जिम्मेवारीस्वरूप पद त्याग्ने घोषणा गरेका हुन् । उनले मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउनु अघि आफ्नै पार्टीको आन्तरिक बैठकमा पनि अब गृहमन्त्रीका रूपमा बस्न नसक्ने स्पष्ट बताएका थिए ।
राजीनामा बुझाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने, “निर्दोष नागरिकको ज्यान जाने दुःखद घटनाप्रति मेरो गहिरो संवेदना छ । यस घटनामा गृह मन्त्रालयको भूमिका नकार्न सकिन्न, त्यसैले नैतिकताका आधारमा मैले पद छाड्ने निर्णय गरेको हुँ ।”
नेपाली कांग्रेसका केही नेता, माओवादी केन्द्रलगायतका दलहरूले दमनको तीव्र विरोध गर्दै गृहमन्त्रीको तत्काल राजीनामा माग गरेका थिए । नागरिक समाज, मानवअधिकारकर्मी र विभिन्न संगठनहरूले पनि सो घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने लेखकको राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । तर, स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा समेत घटनाप्रति चर्को बहस भएको थियो । केही मन्त्रीहरूले लेखकलाई जिम्मेवारी लिनुपर्नेमा जोड दिएका थिए भने केहीले तत्काल राजीनामा दिनु समाधान नहुने तर्क गरेका थिए ।
सोमबारको आन्दोलनपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने राजधानीका थुप्रै स्थानमा निषेधाज्ञा लगाइएको छ ।
गृहमन्त्री लेखकको राजीनामाले ओली नेतृत्वको सरकार थप दबाबमा परेको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीले समेत पदबाट राजीनामा दिनुपर्ने माग बढाउने संकेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: