काठमाडौं । ‘जेनजी आन्दोलन’का क्रममा सरकारले शान्तिपूर्ण प्रदर्शनमा गरेको गोली प्रहार र दमनप्रति संयुक्त किसान संघर्ष समिति, नेपालले घोर आपत्ति प्रकट गरेको छ। समितिले विज्ञप्ति जारी गर्दै हालसम्म १९ युवाको मृत्यु र सयौं घाइते हुनु सरकारको ‘फासिवादी र अमानवीय’ चरित्रको चरम अभिव्यक्ति भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल जनता र प्रवासी नेपालीका लागि जीवनको अनिवार्य हिस्सा बनेको बेला सरकारले एक्कासी चाडपर्व सुरु हुने बेलामा सञ्जाल बन्द गराउनु लोकतन्त्र, जनहित र अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल छ।
“कूटनीतिक पहलमार्फत समाधान खोज्न सकिँदैन र? किन जनता विरुद्ध प्रतिबन्ध?” “शान्तिपूर्ण आन्दोलन दमन, ओली सरकार फासिवादी” समितिले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारलाई सरकार आफैंले कुल्चिएको आरोप लगाएको छ।
“१९ जनाको हत्या, सयौं युवालाई घाइते बनाउने ओली सरकारको क्रुरता लोकतन्त्र विरोधी मात्र होइन, प्रतिगामी प्रवृत्तिको घृणित उदाहरण हो,” विज्ञप्तिमा भनिएको छ।
प्रमुख मागहरू
१. घाइतेहरूको तत्काल सरकारी खर्चमा उपचारको व्यवस्था।
२. बन्द गरिएको सामाजिक सञ्जाल तुरुन्त सञ्चालनमा ल्याउने।
३. संवाद र कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्ने।
४. प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्दै तत्काल राजीनामा दिनुपर्ने।
समितिले चेतावनी दिँदै भनेको छ – “यदि ओलीले पद नछाडे यो भ्रष्ट र दलालहरूले थोपरेको सरकारलाई संघर्षको मैदानबाट उखेलेर फ्याँक्नुपर्छ।”
संयुक्त किसान संघर्ष समितिले देशभरका युवा, विद्यार्थी, किसान, मजदुर, दलित, सुकुम्बासी र प्रगतिशील बुद्धिजीवीहरूलाई एकजुट भएर सरकारको मानवताविरोधी कदमविरुद्ध आन्दोलनलाई तीव्र बनाउन आह्वान गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: