काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार आकस्मिक रूपमा बसेको पदाधिकारी बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गरेको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले “जेन–जी आन्दोलनलाई सरकारले रक्तपात र नरसंहारमा परिणत गरेको जिम्मेवारी प्रधानमन्त्रीले लिनैपर्छ” भन्दै राजीनामाको माग गरिएको जानकारी दिए।
बैठकले मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने, र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्नुपर्ने लगायतका ८ बुँदे माग सार्वजनिक गरेको छ।
सापकोटाले भने “भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति हाम्रो धारणा जेन–जी पुस्तासँग मिल्दोजुल्दो छ। त्यसैले हामी आन्दोलनलाई शान्तिपूर्ण र संयमित राख्न अपिल गर्छौँ।”
माओवादी केन्द्रले भएको घटनालाई “इतिहासकै कलङ्क” भन्दै सरकारलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
सापकोटाले थपे “नरसंहारको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। अब पनि पदमा टाँसिएर बस्नु लोकतन्त्र, संवैधानिकता र जनमतसँग प्रतारणा हुनेछ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २१:०३
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...




प्रतिकृया लेख्नुहोस्: