Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जेन–जी पुस्तामाथिको गोली–आक्रमण: सभ्यताको नकाब च्यातियो

खबरडबली संवाददाता

काठमाडौं  । काठमाडौंसहित देशभर भएका शान्तिपूर्ण प्रदर्शनमा जेन–जी पुस्तामाथि भएको दमन र ज्यान गुमाएका युवाप्रति विभिन्न व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरूले गहिरो आक्रोश प्रकट गरेका छन्। उनीहरूले यस घटनालाई “मानवता विरुद्धको जघन्य अपराध” भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो केवल एक व्यक्तिको हत्या होइन, सम्पूर्ण मानवताको विरुद्धमा गरिएको जघन्य अपराध, न्यायिक राज्यको मर्ममा प्रहार र हाम्रो सामूहिक मानवीय विवेकको हत्या हो।”

सामाजिक सभ्यताको आवरणलाई एकैपटक चीरिदिएको भन्दै उनीहरूले यस्तो घटनाको तत्काल छानबिन गरी दोषीलाई न्यायको कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्। “न्यायमा ढिलाइले अपराधीलाई प्रोत्साहन मात्र दिनेछ,” विज्ञप्तिमा उल्लेख छ।

शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूले संयमित रहन अपिल गरेका छन्। साथै, न्यायको प्रकाशले पीडामा केही भए पनि मल्हम लगाउने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी सबैको सामूहिक जिम्मेवारी छ कि यस्तो हिंसाको चक्र यहीँ अन्त्य होस्। नेपाली समाजले आन्तरिक शान्ति र सुरक्षाको माग गर्दछ र हामी यसको लागि एकजुट भईरहनेछौं।”

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य र सहनशीलताको शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘झापा–५ मा ओली र बालेन दुवैलाई परास्त गर्छौँ’ — हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले आगामी निर्वाचनमा झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई ...

माघे मेला भर्न गएकाे जिप दुर्घटना हुँदा दुईको मृत्यु

झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...

धादिङमा जुधाइयो १ सय हल गोरु

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...

आपसी असन्तुष्टि थन्क्याएर चुनावी अभियानमा नेकपा

काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...

कांग्रेसको सत्ता–छिनोफानो अब आयोगको काँधमा : वैधानिकता कसले पाउँछ ?

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...

राष्ट्रिय लिगमा मोफसलको दमदार आगमन, लालीगुराँसले जावलाखेललाई चकित पार्यो

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...

मेयर साम्पाङ दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित

काठमाडौँ  । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...

निर्वाचनलाई पहिलो परीक्षा ठहर गर्दै गगन नेतृत्वको कांग्रेस : घोषणापत्रदेखि हस्ताक्षरसम्म ठूला निर्णय

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...

गगन नेतृत्वको कांग्रेसले आधिकारिकताको दाबी लिएर आयोगको ढोका ढक्ढक्यायो

काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending