काठमाडौं/विराटनगर । जेन–जी आन्दोलनले सोमबार सुरक्षा निकायको दमनको विरोधमा विराटनगरमा दिउँसो ११ बजेदेखि यातायात बन्द गर्ने आह्वान गरेको छ। आन्दोलनरत युवाहरूले “विहान ११ बजेसम्म आफ्नो काम सक्नु त्यसपछि यातायात बन्द हुन्छ” भन्दै सर्वसाधारणलाई आह्वान गरेका हुन्।
मोरङको अवस्था हाल सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। तर, सुनसरीको इटहरीमा भने कर्फ्यु आदेश यथावत छ। सोमबार प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएपछि इटहरीमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो।
यसैबीच, काठमाडौंमा भने जेन–जी युवाहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै बिहानैदेखि संसद भवन अगाडि प्रदर्शन गरेका छन्। आक्रोशित युवाहरू नाराबाजीसहित संसद भवन अगाडि भेला भएका हुन्।
आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले संसद भवन वरपर तारबार तानेर कडा सुरक्षा व्यवस्था मिलाएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा खटिएका छन्। हिजो संसद भवन परिसरभित्रै प्रवेश गरेर तोडफोड भएपछि आज सैनिकहरू समेत हतियारसहित भित्रै बसालिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र सभा, जुलुस, भेला र प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको थियो। तर, आन्दोलनकारीहरूले आदेश उल्लंघन गर्दै संसद भवन अगाडि विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: