Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जेन–जी आन्दोलनमा भएको सरकारी दमनप्रति ओखलढुंगा पत्रकार समाजको भर्त्सना

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगा पत्रकार समाजले सेप्टेम्बर ८ मा जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनप्रति घोर भर्त्सना गरेको छ ।

समाजले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकमा बढ्दो भ्रष्टाचार अन्त्य, पारदर्शिता, डिजिटल अधिकार र उत्तरदायी शासनको मागसहित भएको प्रदर्शनमा निहत्था व्यक्तिमाथि गोली चलाइनु गम्भीर अपराध भएको टिप्पणी गरेको छ ।

उक्त घटनामा १९ युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै समाजले दिवंगत आत्माहरूको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा संवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यो घटनाले वर्तमान सरकारको औचित्यमाथि नै प्रश्न खडा गरेको छ । ओली सरकारको वास्तविकता उदांगो भएको छ ।”

विज्ञप्तिअनुसार समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसकर्मी उमेश कार्की घाइते भएका छन् । करिब साढे चार सय प्रदर्शनकारीसमेत गोली प्रहारबाट प्रभावित भएको समाजको दाबी छ ।

पत्रकारसमेत घाइते हुनुपरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै समाजले सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । साथै, स्वतन्त्र प्रेसमाथि आक्रमणलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको ठहर गर्दै दोषीमाथि छानबिन र कानूनी कारबाही गर्न माग गरिएको छ ।

पत्रकारहरूको सुरक्षाबारे समाजले संचारगृहलाई न्यूनतम सुरक्षा सामग्री जस्तै ज्याकेट, हेल्मेट र परिचयपत्र उपलब्ध गराएर मात्र फिल्डमा पठाउन आग्रह गरेको छ । प्रहरी प्रशासनको कमजोरी र सरकारको गैरजिम्मेवारपनाका कारण घटना भएको निष्कर्ष निकाल्दै समाजले भविष्यमा यस्ता अवस्था नआओस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।

May be an image of text

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending