Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एमालेको मतियार बनेर बस्न नसक्ने विश्वदर्शन पराजुलीकाे घोषणा

खबरडबली संवाददाता

काठमाडौं । लामो समयदेखि विद्यार्थी राजनीति र एमाले संगठनमा सक्रिय रहेका विश्वदर्शन पराजुलीले पार्टी र अनेरास्ववियु दुवैबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबार साँझ सार्वजनिक गरेको वक्तव्यमा पार्टी नेतृत्व र सरकारले युवा पुस्ताप्रति घात गरेको आरोप लगाउँदै अब आफू एमालेको मतियार बनेर बस्न नसक्ने घोषणा गरेका छन् ।

पराजुलीले लेखेका छन्, “यतिबेला पारिवारिक दुःखमा सुनवल छु । मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवासँगै सिंगो राज्य र जनताप्रति घात गर्छ, म यसको मतियार बनेर बस्न सक्दिन ।”

सन् २०६९ सालदेखि निरन्तर सदस्यता शुल्क बुझाउँदै आएको र २०७१ सालदेखि औपचारिक सदस्य बनेको उनले उल्लेख गरेका छन् । उनका अनुसार, अनेरास्ववियु हुँदै एमालेसम्मको राजनीतिक यात्राले १५ वर्ष पुरा गरेको छ ।

राजनीतिक जीवनमा कुनै लाभ, सुविधा वा चन्दा नलिएको दाबी गर्दै उनले थप लेखेका छन्, “यो १५ वर्षको यात्रामा मैले जति दिएको छु, पार्टीलाई दिएको छु । अब देशलाई दिने विचारका साथ नेकपा एमालेको पार्टी सदस्यता निस्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।”

उनले पार्टीभित्रका इमान्दार नेता–कार्यकर्तासँग क्षमायाचना गर्दै भविष्यमा देश र समाजलाई योगदान दिने अठोट समेत व्यक्त गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending