Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भारतमै रोकिइन् सुवासकी आमा, छोराको अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन नसक्ने संकट

भाई सन्दीपका साथमा सुवास (बायाँ) र भारतको बैङलोरमा रहेको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पर्खाइमा सुवासकी आमा ।
खबरडबली संवाददाता

बझाङ/काठमाडौं । नयाँ बानेश्वरमा भएको जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका २३ वर्षीय सुवास बोहराको परिवार अझ ठूलो पीडामा परेको छ । छोराको शवमा अन्तिम श्रद्धाञ्जली दिन भारतबाट नेपाल आउन लागेकी आमा कैली बोहरा नागरिकता प्रमाणपत्र नहुँदा बैङ्लोरस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएकी छन् ।

सुवासको मृत्यु सोमबार संसद भवनअगाडि भएको गोलीकाण्डमा भएको हो । कीर्तिपुरस्थित डेराबाट बिहान निस्किएका उनले भाइ सन्दीपलाई खाना खुवाएर “साथी भेट्न जान्छु” भन्दै घर छोडेका थिए । तर उनी घर कहिल्यै फर्किएनन् । घाँटी छेडेर लागेको गोलीले घटनास्थलमै ढलेका सुवासलाई अस्पताल पु¥याउनुअघि नै ज्यान गइसकेको थियो ।

आमा विमानस्थलमै रोकिइन्

छोराको मृत्युको खबर सुनेपछि शोकाकुल आमा कैली बोहरा नेपाल आउने तयारीमा थिइन् । आफन्तले चन्दा उठाएर टिकट काटिदिए पनि उनीसँग नागरिकताको सक्कल प्रमाण नभएकाले विमानस्थल प्रशासनले यात्रा अनुमति दिएन ।
सुवासका काका किरणले बेङ्लोरबाट जानकारी दिंदै भने, “हामीले धेरै हारगुहार गर्यौं, तर फोटोकपीको आधारमा विमानस्थलले मान्दैनन् । आमा अर्धचेत अवस्थामा हुनुहुन्छ, आफैं सम्हाल्न पनि गाह्रो छ । दूतावासले पहल गरे मात्र सम्भव होला ।”

संघर्षमय जीवन

सुवासको परिवार विगत लामो समयदेखि आर्थिक समस्यामा थियो । उनका बुवा दीपक करिब छ महिनादेखि बेपत्ता छन् । आमा भारतमा मजदुरी गरेर छोराहरूको पढाइ खर्च धान्दै आएकी थिइन् ।
सुवासले धनगढीमा कानुन विषयमा प्लसटु पास गरेका थिए । एलएलबी पढ्ने सपना बोके पनि आमाको मेहनत देखेर उनले जापान जाने बाटो रोजे । जापानी भाषा पास गरेर भिसा समेत प्राप्त गरे तर करिब आठ लाख रुपैयाँ नजुटेकाले उडान स्थगित भयो ।

छिमेकी तथा साथी गगन रावतका अनुसार, “यदि त्यतिबेला पैसा जुटेको भए आज यो दिन देख्नु पर्थेन । पढाइ र भिसा प्रक्रियामा तीन–चार लाख खर्च भइसकेको थियो, त्यसपछि सुवास आर्थिक तनावमा थिए ।”

गाउँ शोकमग्न

बझाङ, खप्तडछान्ना गाउँपालिका–७, गोर्खाली घर भएका सुवासको निधनले गाउँमै शोक छाएको छ । भाइ सन्दीप आघात सहन नसकी बेहोस अवस्थामा छन् । ८० वर्षीय बाजे हरिबहादुरले समेत गाउँमा ऋण खोजेर नातिलाई विदेश पठाउने प्रयास गरेका थिए । तर, सपना अधुरै रह्यो । कान्तिपुर दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending