Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भारतमै रोकिइन् सुवासकी आमा, छोराको अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन नसक्ने संकट

भाई सन्दीपका साथमा सुवास (बायाँ) र भारतको बैङलोरमा रहेको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पर्खाइमा सुवासकी आमा ।
खबरडबली संवाददाता

बझाङ/काठमाडौं । नयाँ बानेश्वरमा भएको जेन–जी आन्दोलनको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका २३ वर्षीय सुवास बोहराको परिवार अझ ठूलो पीडामा परेको छ । छोराको शवमा अन्तिम श्रद्धाञ्जली दिन भारतबाट नेपाल आउन लागेकी आमा कैली बोहरा नागरिकता प्रमाणपत्र नहुँदा बैङ्लोरस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएकी छन् ।

सुवासको मृत्यु सोमबार संसद भवनअगाडि भएको गोलीकाण्डमा भएको हो । कीर्तिपुरस्थित डेराबाट बिहान निस्किएका उनले भाइ सन्दीपलाई खाना खुवाएर “साथी भेट्न जान्छु” भन्दै घर छोडेका थिए । तर उनी घर कहिल्यै फर्किएनन् । घाँटी छेडेर लागेको गोलीले घटनास्थलमै ढलेका सुवासलाई अस्पताल पु¥याउनुअघि नै ज्यान गइसकेको थियो ।

आमा विमानस्थलमै रोकिइन्

छोराको मृत्युको खबर सुनेपछि शोकाकुल आमा कैली बोहरा नेपाल आउने तयारीमा थिइन् । आफन्तले चन्दा उठाएर टिकट काटिदिए पनि उनीसँग नागरिकताको सक्कल प्रमाण नभएकाले विमानस्थल प्रशासनले यात्रा अनुमति दिएन ।
सुवासका काका किरणले बेङ्लोरबाट जानकारी दिंदै भने, “हामीले धेरै हारगुहार गर्यौं, तर फोटोकपीको आधारमा विमानस्थलले मान्दैनन् । आमा अर्धचेत अवस्थामा हुनुहुन्छ, आफैं सम्हाल्न पनि गाह्रो छ । दूतावासले पहल गरे मात्र सम्भव होला ।”

संघर्षमय जीवन

सुवासको परिवार विगत लामो समयदेखि आर्थिक समस्यामा थियो । उनका बुवा दीपक करिब छ महिनादेखि बेपत्ता छन् । आमा भारतमा मजदुरी गरेर छोराहरूको पढाइ खर्च धान्दै आएकी थिइन् ।
सुवासले धनगढीमा कानुन विषयमा प्लसटु पास गरेका थिए । एलएलबी पढ्ने सपना बोके पनि आमाको मेहनत देखेर उनले जापान जाने बाटो रोजे । जापानी भाषा पास गरेर भिसा समेत प्राप्त गरे तर करिब आठ लाख रुपैयाँ नजुटेकाले उडान स्थगित भयो ।

छिमेकी तथा साथी गगन रावतका अनुसार, “यदि त्यतिबेला पैसा जुटेको भए आज यो दिन देख्नु पर्थेन । पढाइ र भिसा प्रक्रियामा तीन–चार लाख खर्च भइसकेको थियो, त्यसपछि सुवास आर्थिक तनावमा थिए ।”

गाउँ शोकमग्न

बझाङ, खप्तडछान्ना गाउँपालिका–७, गोर्खाली घर भएका सुवासको निधनले गाउँमै शोक छाएको छ । भाइ सन्दीप आघात सहन नसकी बेहोस अवस्थामा छन् । ८० वर्षीय बाजे हरिबहादुरले समेत गाउँमा ऋण खोजेर नातिलाई विदेश पठाउने प्रयास गरेका थिए । तर, सपना अधुरै रह्यो । कान्तिपुर दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending