Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

धादिङ कारागारमा गोली चल्यो, एक कैदीको मृत्यु

खबरडबली संवाददाता

धादिङबेंसी। धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।

फायरिङको क्रममा एक कैदीको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको उपचार धादिङ अस्पतालमा भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम ठेगाना नखुलेको धादिङ अस्पतालले जनाएको छ । 

घाइते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका –१ का कपिल परियार, देवराज अधिकारी, नीलकण्ठ –७ का रामशरण परियार, गजुरी–८ का मेमबहादुर तामाङ, धुनीबेशी –७ का डम्बरबहादुर दाहाल, गजुरी –७ का कृष्णबहादुर मोक्तान, नेत्रावती डबजोङ –५ का विकास गुरुङ रहेका छन् । 

कारागारमा कैदीहरुले रिहाइको माग गर्दै आगजनी गर्ने प्रयास गर्नुका साथै नाराजुलुस र ढुंगामुढा गरेका थिए । आन्दोलनकै क्रममा गेटको ताला तोडी भाग्न खोजेपछि सेनाले नियन्त्रणका लागि गोली चलाएको जनाएको छ ।

कारागार परिसरमा अहिले थप सुरक्षा सतर्कता अपनाइएको छ । सेना र प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ । 

यसैबिच उत्पन्न हुन सक्ने असहज परिस्थितलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म नीलकण्ठ नगरपालिकाभित्र कफ्र्यू लागूहुने जनाएको छ ।

प्रशासनले कफ्र्यू अवधिभर जिल्ला सदरमुकाम धादिङवेशी पूर्वतर्फ इजारा चौतारा, पश्चिममा धादिङवेशी–सल्यानटार सडक, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले कारागार सुरक्षा र जिल्लाको समग्र शान्ति–सुरक्षामा खलल पुग्ने अवस्था देखिएकाले कफ्र्यू जारी गर्नुपरेको जनाएको छ । आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट देखाउने यात्रुको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending