Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न अहसज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलबारदेखि काठमाडौँ र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ ।

“पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरु निर्वाध रूपमा यात्रा गरिरहेका छन् । खासगरी काठमाडौँमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ । विमानस्थलदेखि होटल र होटलबाट विमानस्थलसमम लैजान सहजीकरण गरिएको छ”, सिइओ जोशीले भने । उनले मङ्गलबार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटलमा पुर्याउन सहजीकरण गरिएको बताए । 

बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । उनीहरुमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमौँमा रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै संख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।

बोर्डले विषम परिस्थितिमा पर्यटकको सूचना लिने र सहजीकरणको काम पनि गरिहेको छ । सिइओ जोशीले राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल ट्रेका मानिसले सूचना सोधिरहेकाले बोर्डले सहजीकरण गरिरहेको उल्लेख गरे । उक्त प्रयोजनका निम्ति बोर्डले सात जना कर्मचारीलाई डेडिकेटेड राखेर २४ सै घण्टा सूचना दिने काम गरिएको छ ।

कसैलाई कुनै क्राइसेस परेको खण्डमा सूचना लिने र सम्बन्धित निकायमा सहजीकरणका लागि काम गरिएको छ । बोर्डले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सूचना लिने र सहजीकरण गरिएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: