Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

संवैधानिक बाटोबाटै समाधानको पक्षमा प्रमुख दलहरु

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुक नयाँ मोडमा पुगेको छ । नेपाल र नेपाली जनताको भाग्य तथा भविष्यका लागि स्पष्ट मार्गचित्रको आवश्यकता औंल्याउँदै राजनीतिक बहस र छलफल तीव्र बन्दै गएको छ । सोही बहसका आधारमा लिइने निर्णय नै देशको भविष्य निर्माणको आधार बन्नेमा सहमति देखिएको छ ।

भदौ २३ र २४ गतेको देशव्यापी हिंसात्मक घटनालाई दुर्भाग्यपूर्ण ठहर गर्दै राजनीतिक दलहरूले मुलुकलाई निकास दिन सबै पक्षको सहकार्य आवश्यक भएको बताएका छन् । संविधान र संवैधानिक निकायका प्रमुखहरू अन्योलमा देखिए पनि प्रमुख दल र नेताहरू भने क्रमशः संविधानको पक्षमा खुलेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्नेमा जोड दिए । उनले भने, “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो । जेन–जी पुस्ताको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध होइन । ती माग वर्तमान संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिन्छ ।”

नेकपा एमालेले पनि संविधानसम्मत र लोकतान्त्रिक विधिबाट निकास खोजिनुपर्नेमा जोड दिएको छ । महासचिव शंकर पोखरेलले जारी विज्ञप्तिमा सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनासहित युवा पुस्ताका सरोकार सम्बोधन गर्न राष्ट्रपतिलाई पहल गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक बाटो बाहेक अन्य विकल्पले अराजकता निम्त्याउने भन्दै राष्ट्रपतिलाई सक्रिय भूमिका निभाउन आग्रह गरेका छन् । उनीहरूले वार्तामा सहभागी सबै पक्षलाई वैधानिक सीमाभित्र रहेर समाधान खोज्न आह्वान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार र आवधिक निर्वाचनका आधारभूत लोकतान्त्रिक मूल्य कायम राख्दै नयाँ राजनीतिक कोर्षबारे छिट्टै धारणा सार्वजनिक गर्ने जनाएको छ । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जेन–जी आन्दोलनका मागहरूलाई संवैधानिक दायराभित्र सम्बोधन गर्न सबैलाई पूर्वाग्रह त्यागी राष्ट्रिय एकतामा जोड दिएका छन् । “तानाशाही सरकार ढलेको छ, तर संविधान कायमै छ । जनताको जिउधनको सुरक्षा अहिलेको मुख्य प्रश्न हो,” उनले भने ।

सबै दलहरूले असामान्य परिस्थितिको लाभ उठाई तोडफोड र लुटपाट गर्ने क्रियाकलाप रोक्न, शान्ति र स्थिरता कायम गर्न र संवैधानिक लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: