Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

वाइसिएलसहित पाँच युवा संगठनद्वारा आगामी राजनीतिक निकास संविधानभित्रैबाट खाेज्न माग (विज्ञप्तिसहित)

खबरडबली संवाददाता

काठमाडाैं । नेपालका पाँच प्रमुख युवा संगठनहरूले हालैको जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख प्रकट गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा 
मृत्यु भएका घाइते भएको जानकारी दिँदै घटनालाई अत्यन्तै दुखद, हृदयविदारक र निन्दनीय” भनेको छ । 

मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । युवा संगठनहरूले जेन–जीले अघि सारेका भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शिता, न्याय र जवाफदेहिताका मागहरूलाई समर्थन जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र कानुनी सजायको हाम्रो दृढ समर्थन छ ।”

प्रधानमन्त्रीको राजीनामापछि पनि भइरहेका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाप्रति विज्ञप्तिले कडा आपत्ति जनाउँदै सुरक्षा निकायको निष्क्रियता प्रति प्रश्न उठाएको छ । विज्ञप्ति अनुसार, सार्वजनिक सम्पत्तिमा भएको क्षति र विध्वंसबारे तत्काल छानबिन गर्नुपर्ने र सुरक्षा निकायको भूमिकाको गम्भीर पुनरावलोकन आवश्यक छ ।

संगठनहरूले स्थानीय टोलस्तरमा सुरक्षा समिति गठन गरी हिंसात्मक गतिविधि रोक्न समुदायलाई सक्रिय हुन आग्रह गरेका छन् । साथै, आन्दोलनको “शुद्धता र उद्देश्यलाई क्षति पुर्‍याउने” कार्यबाट जोगिन सबै पक्षलाई चेतावनी दिएका छन् ।

आगामी राजनीतिक निकास संविधानभित्रै खोजिनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, “ठूलो बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरू कमजोर नपारिने र तिनको रक्षा गरिने व्यवस्था हुनुपर्छ ।”

संयुक्त विज्ञप्ति नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएल  नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षरमा जारी गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: