Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पूर्वराष्ट्रपति भण्डारीद्वारा राजनीतिक संकट समाधानका लागि संविधानको मर्म र भावना अनुसार गर्न अपील (विज्ञप्तिसहित)

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि संविधानको मर्म र भावना अनुसार अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेकी छन् ।

बुधबार जारी विज्ञप्तिमा उनले प्रधानमन्त्रीको राजीनामापछि सरकार कामचलाउ भए पनि राष्ट्रपति र जननिर्वाचित संसद् कायम भएकाले संवैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद् गठन सम्भव रहेको बताइन् ।

उनका अनुसार राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक पहल गरी अर्को सरकार गठन आवश्यक छ । “जस्तोसुकै विषम परिस्थितिको निकास संविधानमै छ,” भन्दै भण्डारीले आन्दोलनरत जेन–जी पुस्ताको मागलाई पनि गम्भीरतापूर्वक सम्बोधन गर्न राज्यका अंगलाई सुझाव दिइन् ।

पूर्वराष्ट्रपतिको विज्ञप्तिको पूर्णपाठ

‘जेनेरेशन जेड’का नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गत सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि १९ जना युवाहरूको निधन भएको घटनाको भोलिपल्टै देशव्यापीरूपमा भड्किएको हिंसा, आगजनी, तोडफोड, लुटपाट र कुटपिट लगायतका ध्वंसात्मक गतिविधिहरूका कारण मुलुक स्तब्ध भएको छ।

अहिलेसम्म ३४ जनाको ज्यान जानुका साथै हजारौं घाइते भएका छन् । यस पटनामा परी निधन भएका आन्दोलनकारी युवा, सर्वसाधारण र सुरक्षाकर्मी सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।

साथै, घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपाचारको व्यवस्था मिलाउनु पर्ने विषयमा जोड दिन चाहन्छु।

आधुनिक राजनीतिक प्रणालीमा लोकतन्त्र, मानव अधिकार, कानुनी शासन, नागरिक अधिकारजस्ता मानव सभ्यताले विकास गरेका राज्य सञ्चालनका आधारभूत प्रस्थापनाहरूलाई सधैं आत्मसात गर्ने पर्दछ। यी विषयहरू मानव समुदायका आदर्श नै हुन् ।

आजको नयाँ पुस्ता जो शिक्षित छ र आधुनिक विज्ञान तथा प्रविधिमा जानकारी राखेर त्यसको अभ्यासमा समेत पोख्त छ, उसले लोकतन्त्रका मूलभूत मान्यताहरूलाई स्वीकार गर्दै आर्थिक समृद्धि सहितको सुन्दर भविष्य बनाउने अठोट गर्नु खुसीको विषय हो।

भविष्य नव पुस्ता र युवा पुस्ताकै हो, किनकी उसँग मुलुक निर्माण गर्ने लामो समय रहेको हुन्छ। त्यसैले हामीले नव पुस्ता र युवा पुस्ताको असल जुर्मुराहट, देश विकास गर्ने आँट, सुशासन र पारदर्शीता कायम गर्ने संकल्पलाई सही दिशामा उन्मुख गराउनका लागि भूमिका निर्वाह गर्ने पर्दछ। यसका लागि स्वयं युवा पुस्ता पनि सुझबुझपूर्ण ढङ्गले अग्रसर बन्नु पर्दछ।

शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको हाम्रो देशमा किन बारबार इन्द्र र हिंसा भइरहेको छ ? एकैदिन एकै समयमा किन राष्ट्रपति भवन, संसद भवन, मुलुकको प्रशासिक केन्द्रको रूपमा रहेको ऐतिहासिक सिंहदरबार, न्याय सम्पादनको उपल्लो निकाय सर्वोच्च अदालत जल्छन्, अँगार हुन्छन् खरानी हुन्छन् ? हाम्रा ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामाथि किन आगो लगाइन्छ।

देशका जिम्मेवार राजनीतिक नेतृत्वका पर आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो? ‘जेन जी’ पुस्ताका प्यारा भाइबहिनीहरूलाई म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु। यसको जवाफ खोज्न समेत सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु।

नेपाली जनताले लोकतान्त्रिक प्रणाली एवं गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेको गौरवाशाली इतिहास छ। लामो राजनीतिक संक्रमणकाललाई समाप्त पार्दै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरेर सामाजिक न्याय र समानतामा आधारित विकसित नेपाल बनाउने हेतुले जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ।

नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान समेत हो।

त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ।

प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ।

यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ। संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुऱ्याउनु पर्दछ।

हाम्रो देश नेपाल र यसको सार्वभौमिकता, अखण्डता र स्वाधीनता हामीलाई प्राणभन्दा प्यारो छ। राष्ट्र र राष्ट्रियताप्रति हामीलाई असाध्यै गर्व छ।

देशप्रेमको भावना हाम्रो नशा नशामा छ। हाम्रा बहादुर पुर्खाको समर्पण र त्यागले नै हामीले आफूलाई नेपाली भन्न पाएका हौं।

सदा स्तुत्य हाम्रा पुर्खाको नासोको रूपमा रहेको प्राकृतिक स्रोत, सम्पदा र सुन्दरताले भरिपूर्ण यस देशको विकास गरेर विश्वसामु सर्वोच्च शीखर सगरमाथा भएको एउटा समृद्ध मुलुक बनाउने संकल्प साकार पार्न संवैधानिक तथा कानुनी प्रावधान एवम् राज्यका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु चुनौती बनेको छ।

यसका लागि सबै राजनीतिक दलहरूले विगतको गम्भीर समीक्षा गरी मुलुकको आर्थिक नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने पर्दछ।

राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठुलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने हो।

एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टिका टिप्पणी गर्न सुहाउँदैन। पार्टीहरूले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ। यस विषयमा सम्बद्ध सबैको धप ध्यान पुनेछ भन्ने मलाई लागेको छ।

म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिंदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेन-जी’ ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ।

यस सन्दर्भमा ‘जेन-जी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि पात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुऱ्याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु।

यस्तो कठिन परिस्थितिमा पनि धैर्यता, संयम र सहज परिवेशको आशा लिनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति आभार प्रकट गर्दछु। साथै, शान्ति तथा अमनचयन कायम गर्न अहोरात्र खटिरहने नेपाली सेना लगायत सुरक्षा निकायको सराहना गर्दछु ।

धन्यवाद

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending