Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

प्रेस सेन्टरको माग: जेन–जी आन्दोलनमा सरकारी दमन र सञ्चारगृह तोडफोडबारे छानबिन होस् (विज्ञप्तिसहित)

खबरडबली संवाददाता

काठमाडौँ । प्रेस सेन्टर नेपालले जेन–जीको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमन तथा त्यसपछिका तोडफोड र आगजनी घटनाप्रति गहिरो आपत्ति जनाउँदै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेको छ।

महासचिव मनोज घर्तीमगरले बिहीबार जारी गरेको विज्ञप्तिमा २३ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदर्शनमा गरेको “आततायी दमन”को घोर निन्दा गर्दै ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र घाइते पत्रकारसहित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

वक्तव्यमा आन्दोलनका क्रममा सञ्चारगृह, पत्रकारको घर र प्रेस सम्बद्ध कार्यालयमा भएको आगजनी तथा आक्रमणलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको प्रत्यक्ष उल्लंघन भन्दै कडा शब्दमा भत्र्सना गरिएको छ। प्रेस स्वतन्त्रता र निर्वाध समाचार संकलनमा अवरोध नहुने वातावरण सुनिश्चित गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथि भएको आक्रमण, आगजनी, तोडफोड र लुटपाटलाई “निन्दनीय” बताउँदै प्रेस सेन्टरले अर्बौँ मूल्यको सम्पत्ति र ऐतिहासिक दस्तावेज नष्ट हुनु दुखद भएको टिप्पणी गरेको छ। संगठनले दमन र तोडफोड दुवैबारे उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थामा प्रतिगमन गर्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको स्पष्ट गरिएको छ।

जेन–जी युवाले उठाएका मुद्दा र मागलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत समाधान खोजिनुपर्ने उल्लेख गर्दै प्रेस सेन्टरले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय प्रणाली र सुशासनका लागि नयाँ राजनीतिक सहमतिको आवश्यकता औंल्याएको छ।

अन्त्यमा, संगठनले पूर्ण प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि आमजनता, सञ्चारकर्मी र प्रेस सम्बद्ध संघ–संस्थालाई एकताबद्ध हुन अपिल गरेको छ।
 

प्रेस सेन्टर नेपाल

प्रेस विज्ञप्ति

जेन–जीको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको आततायी नरसंहारबारे हाम्रो संगठनले यसअघि धारणा सार्वजनिक गरिसकेको छ । नरसंहारपछि जेन–जीको नाममा भएका विध्वंशका कार्य, सार्वजनिक, निजी संरचनाको क्षति र वर्तमान सन्दर्भबारे संगठनको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. प्रेस सेन्टर नेपाल २०८२ भदौ २३ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको आततायी दमनमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । समाचार संकलनका क्रममा घाइते भएका पत्रकारसहित सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । तत्कालीन सरकारले गरेको मानवताविरोधी दमनको घोर निन्दा गर्दछ ।

२. जेन–जी युवाको आन्दोलनको क्रममा सञ्चारगृह, प्रेस सम्बद्ध संगठनका कार्यालय, पत्रकारको घरमा भएको आगजनी, तोडफोड तथा पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको प्रत्यक्ष उल्लंघन हुन् । यसले आन्दोलनलाई बदनाम गर्ने घुसपैठिया तथा प्रतिगामी तत्वहरुको नियत स्पष्ट गर्दछ । यस्तो कार्यप्रति प्रेस सेन्टर नेपाल घोर आपत्ति प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछ । संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सम्मान र निर्वाध समाचार संकलनमा कुनै अवरोध नपुग्ने सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गर्दछ । यदि त्यसमा कोही बाधक बन्छ र प्रेस स्वतन्त्रता हननमा लाग्छ भने त्यस्ता तत्वविरुद्ध हाम्रो संगठन दृढतापूर्वक उभिन्छ ।

३. आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथि भएको आक्रमण, आगजनी, तोडफोड, लुटपाट निन्दनीय छ । अर्बौंको सम्पत्ति, ऐतिहासिक दस्तावेज ध्वस्त हुने गरी भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आक्रमण, आगजनी बन्द गर्न तथा नियन्त्रण गर्न माग गर्दछ ।

४. आन्दोलनकारी माथि भएको दमन र आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथिको आक्रमण, आगजनी, तोडफोड र लुटपाटको उच्चस्तरीय न्यायिक समितिमार्फत छानवीन गरी दोषीउपर कडा कारबाही गर्न माग गर्दछ ।

५. जनयुद्ध, जनआन्दोलन तथा विभिन्न कालखण्डको क्रान्ति तथा आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था प्रतिकूल जुनसुकै नाममा हुने कुनै पनि कार्य स्वीकार्य छैन । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र र गणतन्त्रको विकल्प सुदृढ् गणतन्त्र हो । यो वा त्यो बहानामा नागरिक सर्वोच्चता खोस्ने र प्रतिगमनतर्फ अग्रसर हुने कुनै पनि कार्य भएमा कडा प्रतिवाद गरिनेछ ।

६. जेन–जी युवाले उठाएका मुद्दा र माग लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत नै समाधान खोजिनुपर्दछ । नयाँ सहमतिले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय प्रर्णाली र सुशासनसहित देशलाई अग्रगमनतर्फ अग्रसर बनाउनु पर्दछ । राजनीतिक दल, राज्यका अंग, नागरिक संस्था, सामाजिक शक्तिलाई शान्तिपूर्ण संवाद, लोकतान्त्रिक अभ्यास र संवैधानिक पथमार्फत समस्याको समाधानमा सहयोग पु¥याउन आह्वान गर्दछ ।

७. पूर्ण प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई संस्थागत गरेको संविधानको रक्षाको पक्षमा एकताबद्ध भएर दृढ्तापूर्वक उभिन आमजनता, सञ्चारकर्मी, प्रेससम्बद्ध संघ, संगठनलाई हार्दिक अपिल गर्दछ ।
धन्यवाद ।

२६ भदौ २०८२

(मनोज घर्तीमगर)
महासचिव

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: