जलेश्वर । जलेश्वर कारागारबाट भागेका ५७५ कैदीमध्ये भारततर्फ भागेका १२ जनालाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।
भदौ २४ गते साँझ भएको घटनापछि भारतीय प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका ती कैदीमध्ये ९ जनालाई बिहीबार दिउँसो भिटामोड नाकामा नेपाल प्रहरीलाई बुझाएको छ भने बाँकी ३ जनालाई वथनाहा चौकीमार्फत नेपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जानकारी दिए।
पक्राउ परेकामध्ये धनुषा मुसहरिनिया–५ का रामगुलाम महतो, धनुषा हसपुर–३ का विनोद राय, महोत्तरी मटिहानी–१ का मुजाहिद अन्सारी, धनुषा जनकपुर–२१ का इन्द्रेस मण्डल, महोत्तरी गौशाला–४ का सुरेन्द्र साह सोनार, भारत वैशालीका आनन्द मोहन कुमार, धनुषा सहिदनगर–३ का कृष्णकुमार महतो, भारत सितामढीका बलबिन कुमार महतो, भारत सितामढी रतनपुरका जियाउल रहमान, चकिया थाना पूर्वी चम्पारणका गुड्डु कुमार यादव, जलेश्वर–१ का रेयाज दफाली र मकवानपुर हेटौंडा–३ का राजेश तामाङ रहेका छन्।
मंगलबार साँझ ७ बजेतिर ५७६ कैदीमध्ये ५७५ जना भागेका थिए। कारागार प्रशासनका अनुसार हालसम्म ३७ जना फर्किएका छन्—तीमध्ये २५ जना आफैं फर्किएका र १२ जनालाई भारतीय प्रहरीले बुझाएको हो। जलेश्वर कारागारका निमित्त प्रमुख रविनचन्द्र ठाकुरका अनुसार स्वेच्छाले फर्किन २४ घण्टाको समयसीमा राखेर बुधबार साँझ अपिल जारी गरेपछि कैदीहरू सम्पर्कमा आउन थालेका हुन्।
घटना भदौ २४ गते साँझ सुरु भएको थियो। आन्दोलनकारीहरूले लाठी र बाँसको भाटा लिएर कारागारको बाहिरी गेट तोड्दै भित्र प्रवेश गरी मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरी थमन विकको हत्यामा संलग्न पूर्व प्रदेश सांसद कौशलकुमार यादवसहितका केही कैदीको रिहाइको माग गरेका थिए। भिड अनियन्त्रित भएपछि कैदीहरूले समेत फलामे गेट तोड्दै समूहगत रूपमा भागेका थिए।
त्यसबेला कारागारमा ४० जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरी खटिएका थिए। ठूलो दुर्घटना हुनसक्ने आकलन गर्दै सुरक्षाकर्मी पछि हटेपछि कैदीहरू फरार भएको कारागार प्रशासनले जनाएको छ। एक मात्र कैदी, दीपक कुमार यादव भने मानसिक स्वास्थ्य समस्याका कारण सुरुदेखि नै कारागारमै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: