Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाउँदै

खबरडबली संवाददाता

काठमाडौं ।  नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने भएकी छन्। अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग पक्का भएसँगै मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको हो। 

नेपालमा महिला राष्ट्रपतिको रेकर्ड भने विद्यादेवी भण्डारीले बनाइसकेकी छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधिसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो।

यद्यपि संसद् विघटनको विषयमा कुरा अड्किँदा निष्कर्षमा पुग्न भने बाँकी छ। यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आज पुनस् जेन(जीसहित सरोकारवाला पक्षसँग वार्ता गर्दै छन्। 

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो। 

तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनस् वार्ता गर्न लागिएको हो। 

जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो। 

तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्हरूसँग परामर्श गरेका छन्।

संविधानको उक्त उपधारामा लेखिएको छ( संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ। 

‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन’, संविधानविद्हरूले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ। संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय गर्न सक्नेछन्। त्यसका लागि हालकै कामचलाउ सरकारको मन्त्रिपरिषद्बा बाट बाधा अड्काउ फुकाउको सिफारिस हुन सक्नेछ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन(जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो। 

प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो।

आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनलाई पहिलो परीक्षा ठहर गर्दै गगन नेतृत्वको कांग्रेस : घोषणापत्रदेखि हस्ताक्षरसम्म ठूला निर्णय

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...

गगन नेतृत्वको कांग्रेसले आधिकारिकताको दाबी लिएर आयोगको ढोका ढक्ढक्यायो

काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...

जनार्दन खुसुक्क पुगे गुण्डु, ओलीसँग भएकाे गुप्त भेटमा चुनावी तालमेलको प्रस्ताव

भक्तपुर ।  माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...

गठबन्धन अस्वीकार गर्दै ‘माटो’ चिन्हसहित चुनावी मैदानमा श्रम संस्कृति पार्टी

विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...

चन्द्रमामा बन्ने भयो होटल, एक रात बस्दा लाग्छ कति खर्च ?

काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

सुनसरी  । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्र...

प्रदेश प्रहरीलाई ३० थान मोटरसाइकल हस्तान्तरण

हेटौँडा  । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम  भएको हो । ...

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending