Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

छवटा पेशागत संगठनद्वारा वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपति रामचन्द्र पाैडेललाई अपिल

खबरडबली संवाददाता

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) अन्तर्गतका छवटा पेशागत संगठनहरूले वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपतिलाई अपिल गरेका छन् ।

नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल प्राध्यापक संघ र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा राष्ट्रपति कार्यालयमा बुझाएको ज्ञापनपत्रमा संवैधानिक सर्वोच्चता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यता रक्षा गर्न राष्ट्रपतिको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख छ ।

पेशागत सञ्जालले युवा पुस्ताको परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै आन्दोलनमा भएको घुसपैठका कारण भएको धनजनको क्षतिप्रति दुःख प्रकट गरेको छ । उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ज्ञापनपत्रमा संविधानको मर्मभित्रै समाधान खोज्नुपर्ने र संवैधानिक संरचनाको यथावत् क्रियाशीलता कायम गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको छ । सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकोले राष्ट्रिय सरकार गठनको प्रक्रिया तत्काल प्रारम्भ गर्न अपिल गरिएको छ । संविधान, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र लोकतान्त्रिक मूल्य विपरीतका कुनै पनि कदम आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिँदै पापडले “अन्‍यथा भएमा प्रतिरोध गर्न बाध्य हुने” जनाएको छ । साथै, सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासनव्यवस्थाप्रति युवा पुस्ताको जायज मागलाई भूराजनीतिक हस्तक्षेपबाट जोगाउन र गैरनागरिक सरकार गठनको खतरा प्रति सजग रहन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

“देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न र गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न राष्ट्रपतिज्यूले तत्काल आवश्यक कदम चाल्नुपर्छ,” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमा नेपाल चिकित्सक संघका डा. अनिल विक्रम कार्की, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका वर अ. प्रा.डा. विजय प्रसाद मिश्र, नेपाल प्राध्यापक संघका प्रा.डा. रमेश कुमार जोशी, नेपाल शिक्षक महासंघका लक्ष्मी किशोर सुवेदी र नेपाल इन्जिनियर्स एशोसिएसनका इ. सुवास चन्द्र बराल रहेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending