Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सल्यानमा पत्रकार कुटपिट प्रकरण : वडाध्यक्षसहित दुई पक्राउ

खबरडबली संवाददाता

सल्यान । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शारदा नगरपालिका–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता भिकराज बुढाथोकी र प्रमोद भण्डारी छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक बावुराम बस्नेतका अनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

भदौ २२ गते राति करिब ९ बजे श्रीनगर बजारस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला बुढाथोकी र भण्डारीले थापामाथि आक्रमण गरेको आरोप छ। कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ र उहाँ अहिले उपचाररत हुनुहुन्छ।

पीडित थापाले केही दिनअघि ‘श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको’ सम्बन्धी समाचार प्रकाशित गरेका थिए। सोही समाचारलाई आधार मानेर आफूलाई लक्षित गर्दै आक्रमण गरिएको उहाँको दाबी छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र दोषी पुष्टि भए कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल पत्रकार महासंघसहित जिल्लामा क्रियाशील पत्रकार संगठनहरूले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्। महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थापा रिपोर्टिङपछि खाना खान होटल करुवामा पुगेका बेला ५–६ जनाको समूहले आक्रमण गरेको उल्लेख छ।

आक्रमणले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै जिल्ला र प्रदेशस्तरका पत्रकार संघ तथा विभिन्न पेशागत संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: