काठमाडौं । जेन–जी आन्दोलनले उठाएको प्रस्तावअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने चर्चा तीन दिनदेखि तीव्र छ । तर सहमति अझै टुंगोमा पुगेको छैन । राष्ट्रपति, राजनीतिक दल, नेपाली सेना र जेन–जी समूहबीचको सघन परामर्शले समेत स्पष्ट निकास दिन सकेको छैन् ।
आन्दोलनको अगुवाइ गरिरहेका जेन–जी युवाले कार्कीको नेतृत्वमा संसद् विघटनसहितको नयाँ सरकार गठनको माग दोहोर्याइरहेका छन् । काठमाडौंका मेयर बालेन शाहको समर्थन पाएको समूहले संसद् विघटन बाहेक अरु विकल्प मान्न तयार छैन । कार्कीले पनि यही अडान लिएकी छिन् ।
यता राष्ट्रपति रामचन्द्र पौडेलले दलका शीर्ष नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । दलहरूको धारणा भने संविधानको सीमाभित्रै रहँदै कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनु र पहिलो मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्नु हो । तर संसद् तत्काल भंग गर्नुपर्ने जेन–जीको माग कार्की स्वयंले अस्वीकार गरेकी छिन् ।
गत मंगलबारको हिंसात्मक प्रदर्शनपछि संवाद प्रक्रियामा सक्रिय बनेको नेपाली सेनाले सबै पक्षलाई सहमत गराउने प्रयास गर्दै तीन विकल्प राखेको छ । तर सहमति नजुटेपछि सेनाले राष्ट्रपति र दलहरूलाई “अब धेरै समय अन्योलमा बस्न नसकिने” चेतावनी दिएको स्रोतले जनाएको छ ।
वार्ता निष्कर्षविहीन भइरहेका बेला राष्ट्रपति पौडेलमाथि दबाब तीव्र छ । सेनाको ‘अन्योल लामो समय टिक्दैन’ भन्ने सन्देशसँगै स्थिति नियन्त्रणबाहिर जान नदिन ‘संकटकाल’को विकल्पसम्म सोच्नुपर्ने अवस्था आएको निकट स्रोतको भनाइ छ । तर सम्भव भएसम्म संवैधानिक समाधान खोज्न राष्ट्रपति प्रयत्नशील छन् ।
चार पक्षबीचको समन्वय अझै नबन्नु र माग–प्रस्तावमा गहिरो मतभेद कायम रहँदा मुलुक राजनीतिक अनिश्चितताका बीच संकटकालको जोखिमतर्फ उन्मुख प्रष्ट छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: