संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्नेछ । यो प्रस्तावले हमासलाई पूर्ण रूपमा बहिष्कार गर्दै बन्धक मुक्त गर्ने माग गरेको छ ।
फ्रान्स र साउदी अरेबियाद्वारा प्रस्तुत घोषणामा ‘हमासले सबै बन्धकहरूलाई तुरुन्तै मुक्त गर्नुपर्छ’ र ‘सन् २०२३ अक्टोबर ७ मा नागरिकहरूमाथि गरेको आक्रमणको निन्दा गरिन्छ’ भनिएको छ । यसले गाजाको युद्ध अन्त्य गर्दै न्यायपूर्ण र स्थायी समाधानका लागि सामूहिक कारबाहीको आह्वान पनि गर्दछ ।
अरब लिगले समर्थन गरिसकेको र जुलाईमा १७ सदस्य राष्ट्रले सह–हस्ताक्षर गरेको घोषणाले गाजाको नेतृत्वबाट हमासलाई हटाउँदै सुरक्षा जिम्मेवारी प्यालेस्टिनी प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको छ ।
सेप्टेम्बर २२ मा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलनअघि हुने यस मतदानलाई ऐतिहासिक मानिएको छ । सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत थुप्रै नेताहरूले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने सङ्केत गरेका छन् ।
“महासभाले अन्ततः हमासलाई प्रत्यक्ष निन्दा गर्न लागेको तथ्य महत्त्वपूर्ण छ”, अन्तर्राष्ट्रिय सङ्कट समूहका संयुक्त राष्ट्रसङ्घीय निर्देशक रिचर्ड गोवानले भने, “यसले प्यालेस्टिनी समर्थक राष्ट्रहरूलाई इजरायलको आलोचना विरुद्ध ढाल प्रदान गर्छ ।”
घोषणामा गाजामा अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण मिसनको सम्भावनाबारे छलफल पनि समावेश छ, जसले मानवीय सहयोग र सुरक्षा व्यवस्थापनमा प्यालेस्टिनी प्राधिकरणलाई सहयोग गर्नेछ ।
करिब तीन चौथाइ सदस्य राष्ट्रले सन् १९८८ मा घोषित प्यालेस्टिनी राज्यलाई पहिल्यै मान्यता दिइसकेका छन् । तर, गाजाको युद्ध, पश्चिम किनारमा इजरायली बस्ती विस्तार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ‘प्यालेस्टिनी राज्य कहिल्यै नहुने’ घोषणाले समाधान असम्भव हुने डर बढाएको छ ।
यसैबीच, अमेरिकी अधिकारीहरूले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने सम्भावनाले उहाँलाई शिखर सम्मेलनमा सहभागी हुन न्युयोर्क आउन रोक्न सक्छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: