Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

हमासविहीन प्यालेस्टिनी राज्य बन्दै

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्नेछ । यो प्रस्तावले हमासलाई पूर्ण रूपमा बहिष्कार गर्दै बन्धक मुक्त गर्ने माग गरेको छ ।

फ्रान्स र साउदी अरेबियाद्वारा प्रस्तुत घोषणामा ‘हमासले सबै बन्धकहरूलाई तुरुन्तै मुक्त गर्नुपर्छ’ र ‘सन् २०२३ अक्टोबर ७ मा नागरिकहरूमाथि गरेको आक्रमणको निन्दा गरिन्छ’ भनिएको छ । यसले गाजाको युद्ध अन्त्य गर्दै न्यायपूर्ण र स्थायी समाधानका लागि सामूहिक कारबाहीको आह्वान पनि गर्दछ ।

अरब लिगले समर्थन गरिसकेको र जुलाईमा १७ सदस्य राष्ट्रले सह–हस्ताक्षर गरेको घोषणाले गाजाको नेतृत्वबाट हमासलाई हटाउँदै सुरक्षा जिम्मेवारी प्यालेस्टिनी प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको छ ।

सेप्टेम्बर २२ मा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलनअघि हुने यस मतदानलाई ऐतिहासिक मानिएको छ । सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत थुप्रै नेताहरूले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने सङ्केत गरेका छन् ।

“महासभाले अन्ततः हमासलाई प्रत्यक्ष निन्दा गर्न लागेको तथ्य महत्त्वपूर्ण छ”, अन्तर्राष्ट्रिय सङ्कट समूहका संयुक्त राष्ट्रसङ्घीय निर्देशक रिचर्ड गोवानले भने, “यसले प्यालेस्टिनी समर्थक राष्ट्रहरूलाई इजरायलको आलोचना विरुद्ध ढाल प्रदान गर्छ ।”

घोषणामा गाजामा अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण मिसनको सम्भावनाबारे छलफल पनि समावेश छ, जसले मानवीय सहयोग र सुरक्षा व्यवस्थापनमा प्यालेस्टिनी प्राधिकरणलाई सहयोग गर्नेछ ।

करिब तीन चौथाइ सदस्य राष्ट्रले सन् १९८८ मा घोषित प्यालेस्टिनी राज्यलाई पहिल्यै मान्यता दिइसकेका छन् । तर, गाजाको युद्ध, पश्चिम किनारमा इजरायली बस्ती विस्तार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ‘प्यालेस्टिनी राज्य कहिल्यै नहुने’ घोषणाले समाधान असम्भव हुने डर बढाएको छ ।

यसैबीच, अमेरिकी अधिकारीहरूले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने सम्भावनाले उहाँलाई शिखर सम्मेलनमा सहभागी हुन न्युयोर्क आउन रोक्न सक्छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE