Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

जेन–जीको आन्दोलन ऐतिहासिक निरन्तरता, वर्तमान संकट समाधान संविधानबाटै खोज्नुपर्छ: पूर्वसभामुखद्वाेय

खबरडबली संवाददाता

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटा र कृष्णबहादुर महराले जेन–जी नेतृत्वको आन्दोलनलाई ऐतिहासिक जनआन्दोलनहरूको निरन्तरता भन्दै संविधानको दायराभित्र समाधान खोज्न सरकार र सबै पक्षलाई आग्रह गरेका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। विज्ञप्तिमा आन्दोलनका घटनाको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

सापकोटा र महराले युवा पुस्ताको परिवर्तनप्रतिको दृढ चाहना र देशको भविष्यप्रतिको आकांक्षा आन्दोलनमार्फत प्रकट भएको उल्लेख गर्दै भनेका छन्, “जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका बलिदानी संघर्षजस्तै यो आन्दोलन पनि ऐतिहासिक निरन्तरता हो।”

तर, उनीहरूले आन्दोलनमा प्रतिगामी तत्व घुसेर तोडफोड, आगजनी र विध्वंस गर्ने प्रयास गरेको भन्दै त्यस्ता गतिविधि रोक्न सबै अग्रगामी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। “अप्राकृतिक गठबन्धनको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी संरचना नष्ट हुनु दुःखद छ,” विज्ञप्तिमा उल्लेख छ।

पूर्वसभामुखद्वयले संविधान कार्यान्वयन र सरकार सञ्चालनमा देखिएका कमजोरीको गम्भीर समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशीता र धर्मनिरपेक्षता जस्ता उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको स्मरण गराएका छन्।

राष्ट्रपतिद्वारा भइरहेको पहललाई स्वागत गर्दै उनीहरूले संघीय संसदमार्फत आवश्यक कानुन बनाएर मुलुकलाई नयाँ जनादेशमा लैजाने प्रक्रिया वैधानिक र उपयुक्त हुने बताएका छन्।

उनको निष्कर्षमा भनिएको छ, “आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकार गठन गर्नु अहिलेको उत्तम विकल्प हो। नयाँ सरकारको पहिलो काम स्वच्छ र निष्पक्ष निर्वाचन गर्नासाथ ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासनलाई प्राथमिकता दिनु अपरिहार्य छ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending