विराटनगर । औद्योगिक राजधानी मात्र नभई प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने शहरका रूपमा परिचित विराटनगरले सातौँ प्रधानमन्त्री पाएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि विराटनगरको ‘प्रधानमन्त्री जन्माउने सहर’ को परिचय थप सुदृढ भएको हो।
यसअघि विराटनगरमा जन्मिएका वा यहाँ घर भएका बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र नगेन्द्र रिजाल प्रधानमन्त्री भइसकेका छन्।
पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास
सुशीला कार्की यसअघि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। अब उनी पहिलो महिला प्रधानमन्त्रीसमेत बनेर अर्को ऐतिहासिक उपलब्धि जोड्न सफल भएकी छन्।
२००७ सालमा विराटनगरमा जन्मेकी कार्कीले महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीए गरेकी थिइन्। त्यसपछि भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन्।
साहसी न्यायाधीशदेखि कार्यकारी नेतृत्वसम्म
कार्कीले लामो समय वकालत पेशामा बिताइन्। पछि न्यायाधीश हुँदै २०७३ असार २७ मा प्रधानन्यायाधीश बनेकी थिइन्।
उनले ११ महिनाको कार्यकालमै केही ऐतिहासिक फैसला गरिन्। तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने र सूचना–सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने निर्णयले उनलाई निडर न्यायाधीशका रूपमा चिनायो।
अब कार्यकारी नेतृत्वमा चुनौती
भ्रष्टाचारविरुद्ध निरन्तर संघर्षरत कार्कीले अब कार्यकारी नेतृत्व सम्हाल्दै न्याय प्रणालीमा देखाएको इमानदारी र साहसलाई देशको शासन व्यवस्थामा पनि रूपान्तरण गर्ने अवसर पाएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: