Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जेनजी प्रदर्शनको मौका छोपेर ढालिए सयौँ सालका रुख

खबरडबली संवाददाता

महोत्तरी । जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रुख ढालिएका छन् । पूर्वपश्चिम राजमार्गबाट बर्दिबास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएका डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिबास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । 

‘गत मङ्गलबारदेखि बिहीबार रातिसम्म यी रुख काटिएको हुनुपर्छ । जेनजी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रुख ढालिएका हुन्’, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भने- ‘यो जघन्य अपराधमा संलग्नको खोजी भइरहेको छ ।’ गढन्ता सडक छेउका नौ र अरू रुख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।’

गत मङ्गलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उनको भनाइ छ । उनीहरूले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार (टुटेश्वर र गणन्ता सडक) छेउका रुख ढालेका हुन सक्ने अहिले उनको भनाइ छ । 

शुक्रबार सर्वसाधारण र कर्मचारीको  आउजाउ बढेपछि ढालिएका रुख देखिएका हुन् । डिभिजन वन कार्यालयले तत्काल यस घटनामा संलग्नको खोजतलास थालेको छ । ‘हामीले सूक्ष्म तवरले अनुसन्धान थालेका छौँ, घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ’, डिभिजन वन कार्यालय प्रमुख तथा वरिष्ठ वन अधिकृत मिश्रले भने ।

दुवै सडक छेउका रुख काटिएका हुँदा यो सडक विस्तार प्रयोजनले काटिएका हुन् कि भन्ने वन अधिकारीहरूको अनुमान छ । ‘सबै रुख सडक छेउकै काटिएका छन् । तस्करले काटेका भए अलिभित्र झट्ट आँखा नपर्ने ठाउँ छान्थे होलान् भन्ने लाग्छ’, मिश्र भन्छन्, ‘यसबारे बर्दिबास नगरपालिकाका जनप्रतिनिधि र गणन्ता तथा टुटेश्वर बस्तीका बासिन्दासँग कुरा बझ्दैछौँ ।’

टुटेश्वर साझेदारी वन उपभोक्ता समिति वि.सं २०६८ मा बनेको हो । यो वन क्षेत्र ९९८.९८ हेक्टर क्षेत्रफलमा छ । यहाँका ढलापडा (ढलेका, धोद्रिएका र बाढीले बगाएर ल्याएका) रुख डिभिजन वन कार्यालयको प्रत्यक्ष रेखदेखमा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस वनबाट ३० हजार बढी जनसङ्ख्या लाभान्वित छन् । यस साझेदारी वनबाट लाभ लिने गौशाला नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८ एवं बर्दिबास नगरपालिका–५ का उपभोक्ता छन् । यस वन क्षेत्रमा बहुमूल्य मानिने सालका रुख ४२ प्रतिशतमाथि रहेका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा विभिन्न साझेदारी, सामुदायिक, सागरनाथ वन विकास परियोजना, सरकारबाट व्यवस्थित राष्ट्रिय वन, कवुलियती र धार्मिक वनसहित जम्मा २२ हजार दुई सय ४६ हेक्टर वन क्षेत्र रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल  र अतिक्रमणको चपेटामा वन पर्दै आएको छ । 

वि.सं २०३६ को जनमत सङ्ग्रहको रापतापको बेलामा निकै वन फडानी भएको वन क्षेत्र नजिकका बस्तीका बुढापाका सम्झन्छन् । प्रत्येकजसो राजनीतिक आन्दोलनको रापतापमा वन क्षेत्र मासिने, फाँडिने र अतिक्रमणको चपेटामा पर्ने गरेको बर्दिबास–५ गणन्ताका बासिन्दा करिब ९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वा सम्झन्छन् ।

वि.सं २०३६ यता विभिन्न आन्दोलनको समयको सेरोफेरोमा वन फाँडेर बस्ती बसाउने क्रमले राजनीतिक संरक्षण प्राप्त गर्दा यहाँ पाँच हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको वन अधिकारी नै स्वीकार गर्छन् ।

जिल्लामा ७६ सामुदायिक, तीन साझेदारी, एक धार्मिक, राष्ट्रिय वन, कवुलियत वन र सागरनाथ वन विकास परियोजनाका वन प्लट छन् । जसमा सबैभन्दा बढी सामुदायिक वन सात हजार नौ सय ४५, सागरनाथ वन विकास परियोजना छ हजार दुई सय ४५, साझेदारी वन चार हजार सात सय ९१, राष्ट्रिय वन तीन हजार दुई सय ४५, धार्मिक वन २१.०५ र कवुलियती वन १९.३४ हेक्टरमा रहेको डिभिजन वन कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: