Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

संसद् विघटनबारे नेपाली कांग्रेसको फेरि कडा प्रतिक्रिया: पूर्ण रुपमा अलोकतान्त्रिक र संविधानको भावनामा कुठराघात

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर आक्रमणको रूपमा चित्रित गर्दै कडा शब्दमा फेरि आपत्ति जनाएको छ । 

आइतबार जारी वक्तव्यमार्फत कांग्रेसले संसद् विघटनलाई पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक बताउँदै यसले नेपालको संविधान, जनताले उपभोग गर्दै आएको नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको आधारभूत आत्मामा नै कुठराघात पुगेको उल्लेख गरेको छ ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ ।”

कांग्रेसले संसद् विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती फैसला अर्थात् संवैधानिक नजीर विपरीत रहेको पनि उल्लेख गरेको छ । यस कदमले लोकतन्त्रलाई कमजोर पार्दै संविधानको कार्यान्वयनमा गम्भीर संकट उत्पन्न भएको कांग्रेसको ठहर छ ।

वक्तव्यमा हालैको जेन–जी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा घटेका हिंसात्मक घटनाप्रति पनि कांग्रेसले चिन्ता व्यक्त गरेको छ । प्रदर्शनको क्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका केन्द्रीय सदस्य तथा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत अन्य राजनीतिक नेतामाथि भौतिक आक्रमण भएकोप्रति कांग्रेसले कडा शब्दमा भर्त्सना गरेको छ ।

कांग्रेसका अनुसार जेन–जी आन्दोलनमा अवाञ्छित घुसपैठ र उग्र गतिविधिका कारण सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनदेखि अनेकौं सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, सञ्चार गृह र सर्वसाधारणका निजी घरपरिवारसम्म क्षति पुगेको छ । “खर्बौं मूल्यका संरचना ध्वस्त हुनु अकल्पनीय र दुःखद छ,” वक्तव्यमा भनिएको छ ।

पार्टीले लोकतन्त्रका लागि जीवनपर्यन्त संघर्ष गर्दै आएका सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको अमानवीय र वर्बरतापूर्ण आक्रमणको तीव्र निन्दा गर्दै दुबै नेताको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

कांग्रेसले लोकतान्त्रिक मूल्य र संविधानको रक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । साथै, जेन–जी आन्दोलनका नाममा हिंसा भड्काउने र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने तत्त्वलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै शान्तिपूर्ण राजनीतिक संवादमार्फत समस्या समाधानको बाटो रोज्न सबै पक्षलाई आह्वान गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: