बाजुरा । बाजुराका स्याउ किसानलाई यस वर्ष पनि बेला कुहिने डरले स्याउ टिप्ने चटारो परेको छ। जिल्ला प्रशासन कार्यालयले भदौ २५ गते बिहान ११ बजेदेखि लागू गरेको कर्फ्यु शनिबारदेखि पूर्णरूपमा हटेपछि किसान हार्वेसिङमा जुटेका हुन्।
देशभरको बन्दका कारण बारीमै थन्किएका स्याउ शनिबारदेखि किन्न–बेच्न सुरु भएको बुढीनन्दा नगरपालिका–९ का किसान नैन बोहराले बताए । उनले भने, “स्याउ उत्पादन त हुन्छ, तर बजारसम्म लैजान बाटो छैन । बन्दले झन् समस्या बढायो । अहिले बन्द खुलेको छ, तर बाटो अझै बन्द छ । बाध्य भएर पिठ्युमा बोकेरै बजारमा लैजाने तयारीमा छु ।”
बाजुराको बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदहलगायत क्षेत्रमा स्याउ अलि कम मात्रामा फल्ने गरे पनि पूर्वउत्तरका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा गाउँपालिकामा भने राम्रो उत्पादन हुने गर्छ ।
आर्थिक वर्ष २०८०/८१ मा बाटो बन्द हुँदा कृषि ज्ञान केन्द्र बाजुराले खच्चरमार्फत ढुवानीका लागि अनुदानको व्यवस्था गरेको थियो । तर जेनजी आन्दोलन सुरु भएपछि यस वर्ष कुनै व्यवस्था गर्न नसकिएको केन्द्रले जनाएको छ ।
हाल बाजुरामा करिब १७० हेक्टरमा स्याउ खेती हुन्छ । गत वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने यस वर्ष पनि त्यही हाराहारीको उत्पादन भएको अनुमान गरिएको छ । विगत केही वर्षयता यहाँको करिब ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: