Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

लयमा फर्कँदै शिक्षा क्षेत्र, खुल्न थाले देशभरका विद्यालय

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठुलो क्षति पुगेको छ । विश्वविद्यालयहरूले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधि तथा जारी गरिएका कर्फ्युका कारण एकाएक बन्द हुन पुगेका विद्यालयहरू आजदेखि क्रमशः खुल्न थालेका छन् ।

शिक्षा क्षेत्रमा नीतिगत नेतृत्व गर्दै शिक्षा मन्त्रालयले तत्कालका लागि केशर महलबाट अत्यावश्यक काम कारबाही सञ्चालनमा ल्याइने तयारी गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भवनमा आगलागी र तोडफोडबाट भएको क्षतिको प्रारम्भिक आकलन गर्न आन्तरिक रुपमा कार्यदल बनाइएको छ । मन्त्रालयमा सरसफाइ एवं अन्य व्यवस्थापकीय कामहरू भइरहेको छ । 

मन्त्रालयको परिसरमा जलाइएका विभिन्न सवारी साधन भने क्षतिको आकलन र सवारी धनीको पहिचानपछि मात्रै हटाउन मिल्ने भएकाले कार्यालय परिसर अस्तव्यस्त हुन पुगेको छ ।
सोही मन्त्रालयको भुइँ तलामा रहेका राष्ट्रिय सतर्कता केन्द्रको कार्यालय पनि प्रभावित भएको छ । जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधिका कारण सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालयहरू ध्वस्त भएका छन् । मुलुकको विषम परिस्थितिका कारण आगामी असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसलाई पनि कुन रूपमा मनाउने भन्ने अन्योल देखिएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरबारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यावश्यक कामहरू सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि  सुरु गरिने जानकारी दिए ।

शिक्षा मन्त्रालय र केशरमहलको लामो परिचय जोडिएको छ । विगतमा त्यहाँ रहेको मन्त्रालय सिंहदरबारमा सारिएको थियो भने त्यसपछि पनि मन्त्रालयको छात्रवृत्ति शाखा त्यहीबाट सञ्चालित थियो । हाल उक्त शाखा भक्तपुर सानोठिमी लगिएको छ । केशरमहलमा विसं २०२६ देखि केशर पुस्तकालय रहेको छ । विगतमा मन्त्रालय रहेको केशरमहलको भवन हाल पुनः निर्माण भइसकेको छ ।  

मन्त्रालयका प्रवक्ता सापकोटाले आन्दोलन र कर्फ्युका कारण अवरुद्ध भएको विद्यालयहरूको पठनपाठन स्थानीय तहको समन्वयमा क्रमशः आजदेखि खोल्न थालिएको जानकारी दिए । देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गरी सञ्चालन गर्न मन्त्रालयले स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले विद्यालयमा कुनै क्षति भए–नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न पनि अनुरोध गरेको थियो । 

विद्यालयहरूले मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न पनि स्थानीय तहहरुको आग्रह रहेको छ ।

खल्लो भयो राष्ट्रिय बाल दिवस

देशमा पछिल्ला दिनमा सिर्जित विषम परिस्थितिका कारण आजको राष्ट्रिय बाल दिवस, २०८२ खल्लो हुन पुगेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ नाराका साथ ६१ औँ राष्ट्रिय बाल दिवस मनाउन अपिल गरे पनि दिवस निष्प्रभावी भएको छ ।

जेनजीले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएको विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर पर्न गएको अवस्थामा उल्लास पूर्णरुपमा दिवस मनाउन सकिने अवस्था भएन ।

प्रदर्शनमा प्रहरीको दमनबाट भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनुका साथै विभिन्न हिंसा बलात्कार, ज्यान मार्ने, सहकारी ठगी र मानव बेचबिखनका कार्यमा संलग्न भई अपराधको सजाय भोगिरहेका १३ हजार व्यक्तिहरू जेलबाट बाहिर निस्कनु जस्ता घटनाबाट बाल अधिकारसँग सम्बन्धित निकाय र संस्थाहरू चिन्तित देखिएका छन् । ती संस्थाहरूले बालबालिकामा परेको मनोसामाजिक प्रभावबारे प्रारम्भिक अध्ययन पनि गर्न थालेका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले अहिलेको विषम परिस्थितिमा बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘बालबालिका भविष्यका कर्णधार हुन्, जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउनुपर्ने उनीहरूको अधिकार हो । पछिल्ला विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुले हामीलाई चिन्तित बनाएको छ’, अध्यक्ष पौडेलले भने ।

यस दुःखद अवस्थामा बाल दिवसका अवसरमा कुनै उत्सवका कार्यक्रम नराखिएको उनको भनाइ छ । यस दिनलाई हिंसा, द्वन्द्व, दुर्व्यवहार र विपद्मा परी ज्यान गुमाएका बालबालिकाको सम्झनामा आज सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्ज्वलन कार्यक्रम राखेर स्मरण गर्ने उनले बताए ।

‘वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था भएकाले समस्यालाई समाधान गर्न हामीले सहजीकरण गर्नुपरेको छ’, उनले भने । अधिकारकर्मीहरूले बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत रक्षा गर्नुपर्ने दायित्व रहेकामा जोड दिएका छन् । 

राष्ट्रिय बालअधिकार परिषद्ले बाल अधिकार उलङ्घनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवा १०९८ बाट सूचना सङ्कलन गरी आवश्यक सहजीकरण गर्दै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending