Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

खबरडबली संवाददाता

ताइपेई । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सास इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।

मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ । यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबारदेखि बुधबारबीच मेड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।

चीनको दाबीअनुसार, अमेरिकी निर्यात प्रतिबन्ध र कर जस्ता कदमहरूले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।

यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । तीमध्ये दुई कम्पनीलाई प्रमुख चिनियाँ चिप निर्माता एसएमआइसीका लागि चिप उत्पादन उपकरण उपलब्ध गराएको आरोप छ ।

मेड्रिडमा हुने बेसेन्ट–हे बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रुपमा आयोजित वार्ताको अर्को चरण हुनेछ ।

यसअघि दुवै पक्षबीच मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा छलफल भएको थियो । ती वार्ताहरूले पारस्परिक करमा धेरै पटक ९०–९० दिनको अस्थायी विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्ध रोक्न मद्दत गरेको हो ।

बेसेन्टले स्टकहोम वार्तालाई ‘धेरै परिणाममुखी’ भनेको थियो । उनले भने, “हामीले दुर्लभ खनिज तत्व, अर्धचालक (सेमीकन्डक्टर) वा औषधि जस्ता केही रणनीतिक उद्योगहरूसँग जोखिम कम गर्न आवश्यक छ । साथै, सम्बन्धलाई सन्तुलनमा ल्याउन हामीले संयुक्त रूपमा के गर्न सक्छौँ भन्ने विषयमा छलफल गरेका छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

वासिङ्टनले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडे पनि चीनको भनाइमा यी प्रतिबन्धहरू यसको प्रविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा हुन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: