सल्यान। भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी शाही रहेको कुमाख–४ का वडाध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा सोही गाउँका २६ वर्षीय हिमबहादुर शाही, ३६ वर्षीय नेवबहादुर शाही र २२ वर्षीय हेमन्त शाही रहेका छन् ।
आइतबार बिहान करिब ९ बजे डेराबाट एक घण्टाको दूरीमा काममा जाँदै गर्दा एचपी ६३–७८९७ नम्बरको पिकअप जीप भीरमा खस्दा दुर्घटना भएको हो। गत साउनमा रोजगारीका लागि भारत पुगेका उनीहरू दुर्घटनामा ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको वडाध्यक्ष बस्नेतले बताए।
तीन जना मृतक एकै परिवारका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा गाडी दुर्घटनामा परेको हो। लक्ष्मी शाहीलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, गम्भीर घाइते डिल्ली शाहीलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारका क्रममा उनको पनि मृत्यु भयो । घाइते दुई जनालाई उपचारपछि कोटखाइ स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ। शवलाई पोस्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको जनाइएको छ।
घटनापछि भारतीय प्रहरीको तर्फबाट भारतीय न्याय संहिताको धारा १०६ अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जानकारी दिएका छन्।
यसैबिच, हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो। शिक्षा मन्त्री तथा कोटखाइ क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १७:५०
काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...
फाल्गुन ७ गते, २०८२ - १७:१८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १६:५९
काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...
फाल्गुन ७ गते, २०८२ - १६:५०
काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...
फाल्गुन ७ गते, २०८२ - १६:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...
फाल्गुन ७ गते, २०८२ - १६:२४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...
फाल्गुन ७ गते, २०८२ - १६:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...



प्रतिकृया लेख्नुहोस्: